त्रिवि द्धारा अनुसन्धानका लागि प्रस्ताव आव्हान

काठमाडौं /२७ बैशाख-त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यलय अनुसन्धान निर्देशनालयले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजनाका लागि प्रस्ताव आव्हान गरेको छ ।

विश्वविद्यालयले नेपाल सरकारबाट आर्थिक वर्ष २०७७/७८ को अनुसन्धान अनुदान कार्यक्रम अन्र्तगत त्रिभुवन विश्वविद्यालय अन्र्तगतका सम्पूर्ण निकायहरुबाट राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा अनुसन्धानकन लागि अनुसन्धान प्रस्ताव आव्हान गरेको जनाएको छ ।

अनुसन्धान कार्यविधि,अनुसन्धान प्रस्तावको ढाँचा र मुल्याङ्कन विधि एंव त्यस सम्बन्धि विस्तृत जानकारी त्रिविको वेभसाइट www.tu.edu.np बाट प्राप्त गर्न सकिने छ । साथै उल्लेखित कार्यविधि अनुसार तीन प्रति अनुसन्धान प्रस्ताव यस निर्देशनालयमा जेठ २० गते दिउँसो ४ बजे भित्र पेश गर्नु पर्ने छ ।

सथै परिस्थिति सहज नभएमा अनुसन्धान प्रस्ताव एंव अन्य कागजात निर्देशनालयको इमेल [email protected] मा पठाउन सकिने त्रिविले जनाएको छ ।