एभरेष्ट स्कुलको अनलाइन कक्षा प्रभावकारी ९० प्रतिशत बढी विद्यार्थीको सहभागिता


काठमाडौं/ १८ साउन – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालय बन्द भएपनि वैकल्पिक माध्यमबाट विद्यार्थीहरुको पठनपाठन भने जारी राखिएको छ ।


प्रदेश १ कै नमुना विद्यालयको रुपमा स्थापित हुँदै गरेको विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले अनलाइन कक्षालाई प्रभावकारी बनाउन सफल भएको छ । भौतिक उपस्थितमा मात्र पढाउने परम्पराको विकल्पमा प्रविधिको प्रयोग गरेर पनि कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने शिक्षा यो महामारीले दिएको छ ।

वीन प्रयोगका रुपमा थालिएको अनलाइन कक्षामा विद्यार्थीहरुको राम्रो सहभागिता रहेको स्कुलले जनाएको छ । विद्यालयको कक्षा ११ र १२ का ९० प्रतिशतभन्दा बढी र कक्षा नर्सरीदेखि १० सम्म ८५ प्रतिशत विद्यार्थीले हरेक दिन उत्साहका साथ अनलाइन कक्षामा सहभागिता जनाउने गरेको विद्यालयको भनाइ छ ।


यस स्कुलले एसईईको नतिजा पर्खेर बसिरहेका विद्यार्थीहरुका लागि निशुल्क ब्रिज कोर्षको अनलाइन कक्षा समेत सञ्चालन गरिरहेको छ । विद्यार्थी विद्यालय आउने वातावरण हुँदा पूर्ण रुपमा आवश्यक मापदण्डको पालना र सतर्कता विद्यालयले अपनाउने गरेको छ ।


२०५० सालमा ८४ जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा अहिले २५ सयभन्दा बढी विद्यार्थी अध्यापन गर्दै आईरहेका छन् । नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस स्कुलमा यसैवर्ष देखि स्नातक तहको पढाई सञ्चालन गर्ने योजना स्कुलको रहेको छ ।