उच्चस्तरीय समन्वय समितिकाे आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खाेल्ने प्रस्ताव

काठमाडौं/२३- काेभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खाेल्ने प्रस्ताव तयार पारेकाे छ ।

समितिले काेराेना संक्रमणका एक सयभन्दा कम सक्रिय केस भएका जिल्लामा लकडाउन खुकुलाे बनाउने कार्ययोजना तयार पारेकाे छ । साेही कार्ययोजनामा यस्ताे प्रस्ताव राखिएकाे हाे । तर, याे कार्ययोजना क्याबिनेटबाट पारित भएपछि मात्र लागू हुने छ ।

याे प्रस्ताव पारित भएमा संक्रमण संख्या एक सयभन्दा कम भएका जिल्लाका शैक्षिक संस्था सञ्चालनमा आउने छन् भने एक सयभन्दा बढी भएकाे जिल्लामा भने सञ्चालन हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *