काठमाडौ /११ बैशाख – काठमाडौको माछापोखरि स्थित स्वति सदन स्कुल तथा कलेजले अनलाइन कक्षा सुरु गरेको जनाएको छ । प्ले ग्रुपदेखि १० कक्षासम्मका विद्यार्थीलाई र ११,१२ को कक्षा अनलाइनमार्फत शिक्षण सुरु गरिएको विद्यालयले खुबर एजुकेशनलाई जानकारी दिएको छ ।
अनलाइन कक्षामा अभिभावक र सम्बन्धित शिक्षक शिक्षिका समेटेर वर्क्सिट दिने, टिचरहरुले भिडियोमार्फत विषयगत नयाँ नयाँ जानकारी दिने गरेको छ । अनलाइन कक्षामा म्यसेन्जरमा ग्रुप बनाएर साथै गुगल जुममार्फत र विद्यालयले एप्लिकेशन बनाएर शिक्षण सिकाइ गरेको विद्यालयले जानकारी दिएको छ । साथै इन्टरनेटबाट विभिन्न जानकारी र विद्यार्थीको तह अनुसारका खोजमुलक जानकारीहरु सम्बन्धित शिक्षक शिक्षिकाले जानकारी गराउने छन् ।