भक्तपुर/३० फागुन – नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ग्लीटर फ्युचर स्कुलको आयोजनमा फागुन २९ गते शुक्रवार अन्तर–विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता दुई श्रेणीमा कक्षा ६ र ७ गरी सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कक्षा ७ बाट मदरल्याण्ड स्कुलकी समृद्धि कपाली विजेता बन्न सफल भएकी थिइन । त्यसै गरी पहिलो उपविजेता विमल मेमोरियल स्कुलकी प्रविधि खड्का, दोस्रो उपविजेता आरक्षण नेसनल स्कुलकी इशानी पुरी र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कुलकी आयुषा पराजुली हुन सफल भएका थिए ।
वादविवाद प्रतियोगिताको कक्षा ६ तर्फको श्रेणीमा पाथीभरा स्कुलकी प्रत्युषा श्रेष्ठ विजेता, पहिलो उपविजेता विमल मेमोरियल स्कुलकी प्रिन्शा देउजा, दोस्रो उपविजेता आरक्षण नेशनल स्कुलकी युनिषा खत्री र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कुलका ऋषभ अधिकारीले उपाधि पाउन सफल भएका थिए ।



