उपकुलपति पदमा आवश्यक दरखास्त नपरे पछि समय थप

काठमाडौँ /१ मंसिर – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त पेस गर्ने समय थप गरिएको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले समय थप गरेको हो ।


यस अघि समितिले कात्तिक १६ गते प्रथम पटक दरखास्त आह्वान गरेको थियो । आवश्यक सङ्ख्यामा दरखास्त नपरे पछि आवेदन दिने समय थप गरिएको समितिले जनाएको छ ।


समितिको कार्तिक ३० को निर्णय अनुसार मंसिर ५ गतेसम्म दरखास्त पेस गर्ने समय थप गरिएको छ । यस सम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइट www.moest.gov.np मा हेर्न सकिने व्यहोरा अनुरोध छ ।