संसारमा अहिले टेक्नोलोजी तेज रूपले अगाडि बढिरहेको छ । टेक्नोलोजीले हाम्रो जीवनयापनलाई सहज बनाईदिएको छ । आजको समयमा हामी मोबाईलविनाको संसार कल्पना पनि गर्न सक्दैनौं । पहिलेको जमानामा सञ्चारको लागि चिठ्ठीपत्र र टेलिफोनको उपयोग हुन्थ्यो । तर, अहिले सेकेण्डमै हामीले कुनैपनि बेला कुनैपनि स्थानमा बसेका मानिससँग कुराकानी गर्न सक्छौं र यो सब टेक्नोलोजिकै कारण सम्भव भएको हो ।
के हो त टेक्नोलोजी ?
टेक्नोलोजीलाई नेपालीमा प्रविधि भनिन्छ । टेक्नोलोजी भन्ने शब्द धेरैले सुनेको शब्द हो, यसको प्रयोग धेरैले गर्ने गर्छन् । तर टेक्नालोजीको अर्थ बारे बुझ्न धेरै मुश्किल छ । टेक्नोलोजी विद्युतीय सामग्रीमा आधारित हुन्छ । यसले धेरै कुरामा मान्छेलाई सोच्न बाध्य बनाउँछ । योव्यवहारिक उद्देश्य प्राप्तिका लागि एक वैज्ञानिक ज्ञानको उपयोग हो । चाहे कुनैपनि उद्योगमा होस् या कुनैपनि कम्पनि हरेक क्षेत्रमा यसको प्रयोगभईरहेको पाईन्छ । टेक्नोलोजीमा सामान्यतया उपकरण तथा मेसिनरी सामानहरूको जडान गरिएको हुन्छ । जसको प्रयोग सरलदेखि जटिलसम्मको हुन्छ । कम्प्युुटरद्वारा विभिन्न खोज तथा अनुसन्धान गरीप्रविधिको निर्माण गरिएको हुन्छ । विद्युुत, विद्युतीय यन्त्र र तरंग, तिनको उपयोग र तीसँग सम्बन्धित कुराहरूले विज्ञानको अध्ययन र कार्य गर्छ । यसमा मुख्य रूपले विद्युतीय मेसिनहरूको कार्यविधि एवम् डिजाइन, विद्युत उर्जाको उत्पादन, संचक्षण, वितरण, नियन्त्रण, पावरको उपयोगतथा अध्ययन गरिन्छ ।
हाम्रो व्यक्तिगत तथा पेसागत दुईटै जीवनमा नै प्रविधिको भूमिका तथा प्रभाव बढ्दै गईरहेको छ । सामान्य मानिसहरू देखी लिएर विशिष्ट श्रेणीका व्यक्ति अर्थात् विभिन्न स्रोत, सोध, विकास रकार्यान्वयन गर्नेहरूका लागि यसको उपयोग बढी महत्वपूर्ण छ । प्रविधिले मानवीय आवश्यकता परिपूर्ति गर्नुका साथै विभिन्न कार्यहरू सहज तरिकाले सम्पादन गर्नमद्दत गर्दछ । अतः मानवीय विभिन्न संसाधनका आवश्यकता परिपूर्ति गर्नुका साथै यसले जटिलभन्दा जटिल कार्य सजिलै गर्ने भएकाले आजको समयमा प्रविधिको उपयोगिता तथा महत्व दिनानुदिन बढ्दै गईरहेको छ ।
यसको उपयोगिता
विज्ञान तथा प्रविधिको विकासले मात्र देशको समृद्धिसम्भव छ । विज्ञान तथा प्रविधिविना देशको आर्थिक समृद्धि सोच्नुु कल्पना मात्रै हो । विज्ञान तथा प्रविधिको विकासले विश्वभरि मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । विज्ञान तथा प्रविधिको विकासले नै संयुक्त राज्य अमेरिका संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न सफल भएको हो ।
आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन समाज अथवा राष्ट्र प्राविधिक रूपले शक्तिशाली छन् तिनीहरू नै आर्थिक रूपमा अरू देश भन्दा सबल र सक्षम छन् ।
आधुनिक समयमा एक क्षेत्रमा मात्र नभई प्रायः हरेक क्षेत्रमा नै टेक्नोलोजीको प्रयोग कुनै न कुनै रूपमा भई नै रहेको छ । यसको उपयोग भिन्न क्षेत्रमा भिन्नै तरिकाले भईरहेको छ । तसर्थ, प्रविधि धेरै किसिमका छन् जस्तै,
सूचना तथा सञ्चार प्रविधि
विकास तथा निर्माण प्रविधि
मेडिकल तथा विज्ञान प्रविधि
व्यवसायिक प्रविधि
शैक्षिक प्रविधि ईत्यादि ।
विभिन्न प्रविधि प्रयोगले अहिलेको हाम्रो व्यस्त दैनिकी जीवन सरल बनाईदिएको छ । यदि प्रविधिको उचित प्रयोग गर्न सकेन र गलत तरिकाले प्रयोग ग¥यो भने यो हानिकारक बन्न सक्छ । प्रविधि मानवद्वारा नै निर्मित साधन हो । यसका लाभ तथा हानी दुईटै छन् । त्यसैले यसको उपयोग सकेसम्म उचित तरिकाले कार्य पूरा गर्नका लागि गर्नुपर्छ ।
टेक्नोलोजीका कारण ईन्टरनेट तथा मोबाईलले गर्दा अहिले हामी दुनियाँमा कुनैपनि कुनामा तथा टाढा बसेका कुनैपनि व्यक्तिहरूसँग संवाद गर्न सक्छौ । संसारका कुनै पनि मानिससँग सम्बन्ध स्थापित गर्न सक्छौं । कम्प्युुटरबाट कुनैपनि प्राविधिक कार्य सरल रूपले सम्पादन गर्न सकिन्छ । यसले छिटोछरितो तरिकाले काम सम्पन्न गर्न सक्छौं भने समयको पनि बचत हुन्छ । ईन्टरनेट मार्फत् अहिले कुनैपनि क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई धेरै नै फाईदा पुगेको छ ।
प्राविधिक काम गर्ने कर्मचारीदेखि लिएर विद्यार्थी तथा हरेक व्यक्तिका लागि वरदान सावित भएको छ । कुनै पनि जानकारी पाउन, सामाजिक, आर्थिक, राजनैतिक, औद्योगिक, वैज्ञानिक, मनोरञ्जनजस्ता हरेक क्षेत्रमा प्रविधिको प्रयोग भईरहेको छ ।
विज्ञान तथा प्रविधि कै कारण चिकित्सा सम्बन्धी सफलता रासायनिक तथा खगोलीय सम्बन्धि ओज तथा अनुसन्धान सम्भव भएको छ । आधुनिक टेक्नोलोजीबाट समयको बचतभएको छ ।थौरै समयमा धेरै कार्य सम्पन्न गर्न प्रविधिले ठूलो भूमिका खेलेको छ ।
चाहे खाद्य पदार्थ निर्माण गर्ने मेसिन होस्,चाहे लुगा धुने वाशिंग मेसिन । त्यस्तैगरी,कुनै पनि सामानको निर्माण कार्यहोस् या स्वचालित बैंकिंग, जसले क्रेडिट कार्ड मार्फत् रकमको भुक्तान अथवाइन्टरनेट बैंकिंगको उपयोगबाट रकम प्राप्त गर्न,यसले हरेक कार्यलाई सहज बनाईदिएको छ । आधुनिक संसार टेक्नोलोजी मै निर्भर छ । यदि टेक्नोलोजीबाट टाढा राख्ने हो भने मानव जीवन असम्भव बनिसकेको छ ।