एसईई परीक्षाको भ्रामक सूचनाले विद्यार्थीलाई तनाव


काठमाडौं /१९ चैत – आज सामाजिक सञ्जालमा माध्यमिक तह कक्षा १० (एसईई) परीक्षा चैत २५ गतेदेखि हुने भन्दै भ्रमक सूचना फैलाईएको छ ।
कोरोना भाइरसका कारणले स्थगित गरिएको एसईई परीक्षा सरकारले चैत २५ गतेदेखि सञ्चालन गर्न लागेको भन्दै शिक्षा मन्त्रालय महासचिव एवम् प्रवक्ता दीपक शर्माको नाममा नक्कली विज्ञप्ति बनाई भ्रामक सूचना फैलाईएको हो । सरकारले यसअघि परीक्षा स्थगित गर्न जारी गरेको विज्ञप्तिलाई तोडमोड गरेर भ्रम फैलाउने काम गरिएको हो ।
एउटा शिक्षा मन्त्रालयको र अर्काे राष्ट्रिय परीक्षा बोर्डको नाममा नक्कली सूचना जारी गरी विद्यार्थीमा भ्रम फैलाईएको छ । पनिकाको सूचनामा एसईई परीक्षा बैशाख २१ गतेदेखि भनिएको छ भने कक्षा ११ र १२ को परीक्षा पूर्व निर्धरित समयमै हुने जनाईएको छ । तर, पनिकाले अहिले सम्ममा परीक्षा के गर्ने भन्ने विषयमा कुनै आधिकारीक जानकारी सार्वजनिक गरेको छैन ।
यसरी एप्रिल फूलको नाममा परीक्षा जस्तो गम्भीर विषयमा भ्रमक सूचना फैलाउनु कति उचित कार्य हो । तपाई आफै मुल्यांकन गर्नुहोस् । सरकारले यस्तो अनैतिक कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कार्वाही गर्नुपर्छ ।