काठमाडौँ /५ चैत – प्रविधिको महाकुम्भ मेलाको रूपमा हेरिएको वर्डक्याम्प नेपाल २०२५ मा प्रविधिजन्य कम्पनी तथा वक्ताहरूको उपस्थिति हुने भएको छ । चैत २२ र २३ गते काठमाडौँको चन्डोलस्थित कुण्डलिनी दरबारमा हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी तथा विज्ञहरूको उपस्थिति हुन लागेको हो ।
सम्मेलनमा वर्डप्रेसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बारे अभिनाष कुन्डलियाको विशेष प्रस्तुति रहनेछ । जसमा एआई प्रयोगले वेबसाइट कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे जानकारी दिइने छ । यस्तै समाजसेवी सुभासिनी श्रेष्ठलाई वक्ताको रूपमा देख्न पाइनेछ, उनी दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पु¥याउन प्रशंसनीय काम गर्दै आइरहेकी छिन् । यस्तै एसइओ विषेशज्ञ एडलिन दाहाल, डिजिटल मार्केटिङ कन्सलटेन्ट रामबाबु थापा, ग्राफिक डिजाइनर आसिका न्यौपानेका साथै वर्डप्रेसमा लामो समय विताइरहेका वर्डप्रेस विषेशज्ञहरू मिलन खनाल, नविन जैसवाल, साकार उपाध्याय खतिवडा, सलोनी मेहता, सन्तोष कुँवर र शंकर सुब्बा लगायतको प्रस्तुती तथा वर्कसप रहनेछ ।
वर्डक्याम्पमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका तथा युरोपेली देशका प्रतिनिधिहरूको सहभागिता रहने उक्त सम्मेलनमा अन्तराष्ट्रिय स्तरको सूचना प्रविधि क्षेत्रको अनुभव प्राप्त विज्ञ तथा वक्ताहरूको समेत उपस्थिति र प्रस्तुति हुनेछ ।
उनीहरूले प्रविधिका विभिन्न क्षेत्रको अनुभव, भोगाइदेखि प्राविधिक समस्या समाधानको उपायका विषयमा आफ्ना अनुभव आदान प्रदान गर्नेछन । सूचना प्रविधिमा चासो राख्ने सहभागिहरूका लागि सम्मेलनमा सहभागिताको अवसर समेत उपलब्ध गराइएको वर्डक्याम्प नेपालले जनाएको छ । जसका लागि nepal.wordcamp.org/2025 मा भिजिट गरेर विस्तृत जानकारी लिन सकिनेछ ।
सूचना प्रविधि सँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तक्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत सत्रहरू सञ्चालन हुनेछ ।