विद्यालय शिक्षा क्षेत्र योजना : अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चितता गर्ने

काठमाडौं/२५ कार्तिक – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना २०७९-२०८८ सार्वजनिक गरेको छ । गुणस्तरीय शिक्षामा सबै बालबालिकाको समतामुलक समावेशी पहाँच सुनिश्चित गर्ने दिर्गकालिन रणनीति योजना रहेको मन्त्रालयको भनाई छ ।


विद्यालय शिक्षा क्षेत्र योजनाले विद्यालय शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका विकासका प्रयास, प्रतिबद्धता र आवश्यकतालाई दृष्टिगत गरी मुलुकको विद्यालय शिक्षा क्षेत्रलाई स्पष्ट मार्गचित्र प्रदान गर्ने योजनामा उल्लेख छ ।


यस योजनामा समावेश गरिएका दूरदृष्टि, ध्येय तथा उद्देश्यहरूको प्राप्तिका लागि तय गरिएका रणनीति तथा कार्यक्रमहरूको कार्यान्वयन बिभिन्न तहका सरकार, क्षेत्र र निकायबिच समन्वय र सहकार्यको कार्य ढाँचाभित्र बसेर गर्नुपर्ने, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारका सबै तहको संस्थागत क्षमतालाई निरन्तर सुदृढ गर्दै संवैधानिक व्यवस्थाअनुसार पारस्परिक सहयोग, समन्वय र सहअस्तित्व कायम गर्दै योजनाको कार्यान्वयन गर्ने भनिएको छ ।


विद्यालय शिक्षा क्षेत्र योजनाले सरकारका निम्नलिखित प्रतिबद्धता पूरा गर्ने लक्ष्य लिएको छ– (क) नेपालको संविधानले प्रत्याभूत गरेअनुसार आधारभूत तहको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने सुनिश्चितता गर्ने (ख) राष्ट्रिय शिक्षा नीति, २०७६ ले निर्दिष्ट गरेका नीतिको कार्यान्वयन गर्ने (ग) सन् २०३० सम्ममा समावेशी र गुणस्तरीय शिक्षा तथा जीवनपर्यन्त सिकाइको सुनिश्चितता गर्न अन्तर्राष्ट्रिय समुदायले पहिचान गरेका दिगो विकास लक्ष्य ४ हासिल गर्ने ।


नेपालको दीर्घकालीन सामाजिक तथा आर्थिक विकासका लक्ष्य हासिल गर्न र परिवर्तित सङ्घीय संरचनाको आवश्यकताअनुरूप स्थानीय तहमा पनि शैक्षिक योजनाको संस्थागत विकास आवश्यक देखिएको विद्यालय शिक्षा क्षेत्र योजनामा भनिएको छ ।

हेर्नुहोस योजना