काठमाडौं/२५ कार्तिक – सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पोखरा विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । “पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” बमोजिम दरखास्त आह्वान गरिएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्नुपर्ने छ । साथै अनलाइन माध्यमबाट दरखास्त पेश गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइट : www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने छ ।



