काठमाडौं/५ चैत–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका १२ वटा कलेजका विभिन्न कार्यक्रम खारेज गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिई मन्त्रालयबाट अनुमति प्राप्त गरी सञ्चालित १२ वटा शिक्षण संस्थाहरुले प्रक्रिया पूरा नगरेकाले कलेजले सञ्चालन गरेको विभिन्न कार्यक्रम खारेज गरिएको जनाएको छ । शिक्षण संस्थाहरुले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ को दफा ८ को उपदफा (६) र (६) क बमोजिम प्रक्रिया पूरा नगरेकाले ऐ.निर्देशिका दफा ८ को उपदफ (६) क बमोजिम मंसिर १२ र पुस २३ को मन्त्रीस्तरीय निर्णय कलेज खारेज गरेको छ ।
शिक्षा मन्त्रालयकाे सूचना