काठमाडौं/४ साउन – प्राविधिक शिक्षा तथा व्यवसाियक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रि डिप्लोमा तहको वर्गीकृत (निशुल्क) छात्रवृत्ति तर्फको प्रवेश परीक्षाको अनलाइन आवेदन फारम भर्ने समय थप गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक शत्र २०८१/०८२ का लागि परिषदका आंगिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षण संस्थाहरुको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा अध्ययन गर्नका लागि डिप्लोमा/प्रमाणपत्र तहका र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुमा आवेदन माग गरेको हो ।
गत असार १५ गतेको प्रकाशित सूचना अनुसार अनलाइन आवेदन फाराम भर्ने म्याद साउन ६ गतेसम्म थप गरिएको जनाएको छ । साथै केही आवेदकहरुले अनलाइनमा आवेदन फाराम भर्दा कागजातहरु संलग्न नगरेकोले आवश्य कागजात संलग्न गर्ने स्थानमा अन्य कागजातहरु संलग्न गरेको पाइएकोले त्यस्ता आवेदकलाई अनलाइनमा व्यक्तिगत विवरण र कोटा अनुसारको कागजातहरु संलग्न गरी र संशोधन गर्न भनिएको छ ।