काठमाडौं/२० फागुन–शिक्षा मन्त्रालयले कोरोना भाइरसबाट बढी प्रभावित ६ वटा देशमा उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएका छ ।
शिक्षा मन्त्रालयले सूचना जारी गर्दै चीन, जापान, दक्षिण कोरिया, इटली, सिंगापुर र इरानमा अध्ययन गर्न जाने विद्यार्थीलाई अर्को व्यवस्था नभएसम्म एनओसी नदिने निर्णय गरेको हो । सूचनामा ६ वटा देश लगायत कोरोना भाइरसको अति प्रभावित र अति जोखिममा रहेका देशहरुमा समेत एनओसी जारी नगर्ने उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको पछिल्लो प्रतिवेदनका आधारमा अहिलेसम्म कोरोना भाइरसबाट प्रभावित नभएका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई भने एनओसी दिने मन्त्रालयले जनाएको छ ।
