अन्तर विद्यालय नृत्य प्रतियोगितामा फेरिल्याण्ड प्रथम

काठमाडौं/६ पुष-काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानी स्थित फेरिल्याण्ड स्कुल अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुन सफल भएको छ । शुक्रबार सम्पन्न भएको उक्त प्रतियोगितामा सहभागी २० विद्यालयलाई पछि पार्दै फेरिल्याण्डले फेरिल्याण्ड स्कुल प्रथम हुन सफल भएको हो ।


फेरिल्याण्डलका छात्राहरूले नेवारी नृत्य विधामा आफ्नो कला प्रस्तुत गरेको थिए । त्यसैगरी उत्कृष्ट नृत्याङ्गना अवार्ड पनि फेरिल्याण्डकै लिड डान्सर ओसिस तामाङले प्राप्त गरेकी छन् । साथै प्रतियोगितामा द्वितीय स्थान जोसेफ पब्लिक स्कुल, तृतीय मल्पी सिटी स्कुल र सान्त्वना पुरस्कार नेशनल आइडल बोर्डिङले प्राप्त गरेका छन् ।


कार्यक्रमका प्रमुख अतिथी नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ रहेका थिए । राष्ट्रिय प्रगतिशील कला समूह अध्यक्ष देवराज गुरुङको सभापतित्वमा भएको कार्यक्रमको संयोजक तथा सञ्चालक चुडामणि फुयाल रहेका थिए भने नृत्य निर्देशक÷कोरियोग्राफर लक्ष्मी पुरी गुरुङ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *