शिक्षक विद्यार्थीको अभिभावक बन्न खोज्दा शिक्षकको जिम्मेवारी पूर्ण रुपले बहन गर्न सक्दैन

काठमाडौं/५ पुष-काठमाडौं विश्वविद्यालय र एसिया प्यसिफिक स्कुल विच गरिएको सम्झौंता अन्तर्गत एकदिने एक्सन रिसर्चमा आधारित कार्यशाला गाष्ठि सम्पन्न भएको छ ।


गोष्ठिमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका तर्फबाट डा. पार्वती ढुंगाना पौडेल, पुष्पा सुनार र पुर्ण कुमार श्रेष्ठले आफ्नो सिकाई, अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए । शिक्षकको पेसागत दक्षतालाई अझै निखार ल्याई नयाँ नयाँ शैक्षणीक पद्धति अवलम्बन गरी शिक्षण सिकाइलाई प्रभावकारी, प्रतिस्पर्धात्मक र फलदायी बनाउने उदेश्यले उक्त कार्यशालाको आयोजना गरिएको थियो ।


कार्यशालामा डा.पार्वती ढुंगाना पौडेलले ज्ञान सामुहिक हुने तर सिकाई नितान्त व्यक्तिगत हुने बताइन । एक व्यक्तिको सिकाई अर्को व्यक्तिको सिकाइसँग ठ्याक्कै मेल खान नसक्ने, शिक्षकले विद्यार्थीको अभिभावक बन्ने प्रयास गर्दा शिक्षकको जिम्मेवारी पूर्ण रुपले बहन गर्न नसकिने धारणा व्यक्त गरिन । त्यसैगरी सामाजिक सञ्जालको बढी प्रयोग र दुरुपयोगले बालबालिकाको सिकाईमा नकरात्मक प्रभाव पारिरहेको र यसको निराकरण हुन नसकेको बताइन ।


कार्यक्रममा काठमाडौं विश्वविद्यालयको तर्फबाट पुर्ण कुमार श्रेष्ठले समस्याको असली पहिचान गर्न नसक्नु नै मुख्य समस्या रहेको बताए । यसैगरी कार्यक्रममा एसिया प्यसिफिक स्कुलका तर्फबाट प्रिन्सिपल रमेश घिमिरेले स्थापित र चलन चल्तिमा रहेका शैक्षणिक पद्धतिलाई आफ्नो मौलिक वातावरण अनुसार परिमार्जन गरी शिक्षकले सिकेका सिपलाई निर्धारित ढाँचामा ढालेर अध्ययपन गराउनुपर्ने बताए । साथै यसका लागि एसिया प्यसिफिक स्कुल कटिवद्ध रहेको समेत जानकारी दिए ।