प्रदेश १ र मधेश प्रदेशको निमावि अंग्रेजीको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौं/१५ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले प्रदेश नं. १ र मधेश प्रदेशको अंग्रेजी विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=238&fn=website%20suchana%20eng%2012-1-2079%20pradesh%201%20and%20madhesh.pdf