दैनिक पाठ योजना निर्माण नै प्रभावकारी शिक्षण सिकाइको आधार

काठमाडौं/२७ कार्तिक-विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै २१ औँ शताब्दीका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यकासाथ भ्याली पब्लिक माध्यामिक विद्यालय र काठमाण्डौँ विश्वविद्यालय बिच सहकार्यकामा गत शुक्रबार शिक्षक अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भयो ।


दैनिक पाठ योजना निर्माण नै व्यवस्थित र प्रभावकारी शिक्षण सिकाइको आधार स्तम्भ भएको तथ्यलाई तहगत तथा विषयगत शिक्षकहरूको समूहले तयार पार्नु भएको पाठ योजनामार्फत प्रष्टाउने, साथै शिक्षकहरूले गम्भीरताकासाथ निर्माण गर्ने पाठ योजनाले केवल कक्षाकोठाको परिवेशमा मात्र हुने शिक्षण सिकाइलाई कक्षाकोठा भन्दा बाहिरको विषयबस्तु, बाल मनोविज्ञान, सामाजिक संरचना लगायतका तथ्यलाई सांसारिक सत्यता सहित प्रष्टयाउन सकिने पक्षलाई स्वयम् उपस्थित शिक्षकहरू कै प्रस्तुति मार्पmत सहजकर्ता डा. सिद्धार्थ ढुंगानाले सफलता र सरलताका साथ अवगत गराए ।


“पाठ योजना निर्माण गर्ने सन्दर्भमा विद्यार्थी कै समूहबाट पाठको छनोट गर्ने, उनीहरूको सिकाइ उपलब्धि परीक्षण गर्न उनीहरूबाट नै प्रश्नपत्र बनाएमा उनीहरू स्वयम् नै सिकाइका लागि अझ बढी गम्भीर, सृजनशील र जिम्मेवार बन्ने गर्दछन् भन्ने अनुभूति भयो ।”


प्रत्येक व्यक्तिसँग केही न केही आन्तरिक प्रतिभा हुन्छन् नै । त्यस्ता प्रतिभा पाठ योजनामा परिवर्तित हुन्छन् । त्यसैले स्वनिर्मित पाठयोजना विभिन्न शिक्षकका विचमा छलफल गराउन उत्तम शैली मानिन्छ । यसरी निर्माण गरिएको पाठ योजना विविध क्रियाकलापपूर्ण र कमजोरीरहित हुने गर्दछन् । त्यस्ता पाठ योजनाका साथ पढाउँदा शिक्षकको शिक्षण तथा विद्यार्थीको सिकाइ क्षमता तीक्ष्ण हुने गर्दछ । शिक्षण सिकाइ तीक्ष्णताका कारण नै हाम्रा कक्षाकोठाबाट धेरै भन्दा धेरै विद्यार्थीको बहुआयामिक प्रतिभा प्रस्फुटनको प्रचुर अवसर निर्माण भइरहेको हुन्छ भन्ने कुराहरु सहभागी शिक्षकहरुले निष्कर्ष निकाल्नु भएको थियो ।