मंसिर १ गतेदेखि ५ गतेसम्म विदा दिने त्रिविको निर्णय

काठमाडौं/२५ कार्तिक-त्रिभुवन विश्वविद्यालयले मंसिर १ गतेदेखि ५ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचन कारण विश्वविद्यालयका क्याम्पस तथा कार्यालयहरु मंसिर १ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय गरेको हो ।


विश्वविद्यालयको कार्यकारी परीषद्को बैठकले अधिकांश क्याम्पस तथा कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको, कर्मचारीहरु निर्वाचनमा खटिएको र कतिपय स्थानमा मत गणना केन्द्र राखिएकोले मंसिर १गतेदेखि ५ गतेसम्म विदा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।