काठमाडौं/२१ कार्तिक-प्राविधिक शिक्षा तथा व्यावसयिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रमहरुको पूर्ण शुल्कीय तर्फ पुन प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।
पूर्ण शुल्कीय तर्फ फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ बाहेकका स्वस्थ्य कार्यक्रमहरुमा पुन प्रवेश परीक्षा सञ्चालन गर्न आवेदन माग गरेको हो ।
शैक्षिक सत्र २०७९/०८० मा सञ्चालन गरीने प्रमाणपत्र तहका डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह नर्सिङ बाहेकका स्वस्थ्य तर्फका कार्यक्रमहरुमा पूर्ण शुल्कीयतर्फ सिटहरु रिक्त रहेको हुँदा पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।




