काठमाडौं /१७ कार्तिक-स्कुल बसको झ्यालबाट टाउको निकाल्दा एक जना विद्यार्थीको मृत्यु भएको छ । स्कुल बसको झ्यालबाट टाउको निकाल्दा काठमाडौंको लाजिम्पाटस्थित रुखमा उनको टाउको ठोक्किएको थियो ।
बुधबार दिउसो रुखमा ठोक्किएका बालकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोे छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् । अहिले स्कुल बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



