नियोजित रुपमा शिक्षा क्षेत्रको बन्ध्याकरण गरियो : केपी शर्मा ओली

काठमाडौं/५ कार्तिक-पूर्व प्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा क्षेत्रलाई बन्ध्याकरण गरेर रोक्न खोजिएको बताएका छन् । अहिलेको सरकारले कुनै योजना नबनाएको तर शिक्षा क्षेत्रको उन्नती गर्नुपर्नेमा गुणस्तरीय शिक्षाका नाममा नियोजित रुपमा स्विकृत दिन रोकिएको बताउँदै शिक्षा क्षेत्रलाई बन्ध्याकरण गरिएको बताएका हुन ।


शुक्रबार शिक्षा संवाद, शिक्षा क्षेत्रसँग केपी ओली अन्तक्रिया कार्यक्रममा बोल्दै शिक्षालाई राजनीतिक दृष्टिकोणबाट हेर्ने भन्दा यसलाई राष्ट्रिय समस्याको रुपमा हेरिनुपर्ने बताएका छन् । शिक्षाको उन्नती गर्नुपर्ने तर गुणस्तरीय शिक्षा भनेर नियोजित गर्ने र शिक्षालाई बन्ध्याकरण गर्न नमिल्ने बताए । सरकारले शिक्षामा कुनै योजना नबनाएको तर यसलाई बन्ध्याकरण गरेर नियोजित रुपमा स्विकृत दिन रोकिएको आरोप लगाए ।

प्राविधिक शिक्षा भरसक खोल्न नपाईने, राम्रो कलेज खोल भनेर स्किृति दिइएर भवन देखि सबै कुरा बनाउन अनुमति दिएर बनिसकेपछि कक्षा सञ्चालन गर्ने बेलामा रोक्ने । देशमा केही गरेर उत्कृष्ट जनशक्ति उत्पादन गर्छु भन्ने शैक्षिक संस्थाहरुलाई केही गर्न नदिने, साथै सम्पति देखि उनिहरुको हिम्मत समेत विभिन्न तरीकाबाट कम्जोर बनाइने नितीले शिक्षा क्षेत्र कम्जोर भएको बताए ।


आफ्नो सरकार हुँदा स्विकृति दिएका शैक्षिक संस्थाहरुलाई राजनीतिक दृष्टिकोणबाट हेरीनुका साथै सञ्चालन गर्न नदिएको र विभिन्न वाहानमा रोक्न खोजिएको बताउँदै अहिलेका शिक्षा मन्त्रीको आदेशमा रोकिएको आरोप लगाए । नेपाललाई मेडीकल हब, इन्जिनियरिङको हब, आर्युवेदको हब, योगको हब लगायत शिक्षाको हब बनाउन सकिनेमा जोड दिए ।


सार्वजनिक शैक्षिक संस्थाहरुले निजी शैक्षिक संस्थाहरुसँग रिस गर्नुपर्ने कुनै कारण छैन । उनले भने “सार्वजनीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नसके निजीमा विद्यालयमा पैसा तिरेर आफ्ना छोराछोरी पढाउन कस्ले लैजान्छ, त्यसकारण निजीको रिस गर्ने हईनकी सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरौं न । ”

निजी चलाउनुस, निजीलाई भरथेग गर्नुहोस, सहयोग गर्नुहोस, प्रोत्साहीत गरौं तर सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकेउँ भने निशुल्क शिक्षा छोडेर कोहि पनि पैसा तिरेर पढाउन तयार हुँदैनन । तर सरकार निजी क्षेत्रसँग मात्रै भरपर्नु हुँदैन आफ्नो उत्तर दायित्व प्रभावकारी ढंगले बहन गर्नुपर्छ ।


शिक्षा क्षेत्रको बन्ध्याकरण गर्ने होइन र शैक्षिक संस्था खोल्नका लागि नियन्त्रण गर्ने पनि होइन प्रतिस्पर्धा गराउने हो । प्रतिस्पर्धामा जस्ले उत्कृष्ट र गुणस्तरीय शिक्षा दिन्छ उ अगाडी आउँछ त्यसअर्थ सामुदायिक विद्यालयलाई प्रतिस्पर्धामा लगेर शैक्षिक गुणस्तरमा सुधार गर्न सकिन्छ र देशलाई आवश्यक परेको हरेक क्षेत्रको दक्ष जनशक्ति देशमै उत्पादन गनुपर्छ ।


उनले पछिल्लो समयमा शिक्षा क्षेत्रमा राज्यको लगानी कति भनेर चार्चा हुने गरेको उल्लेख गर्दै यदी निजी क्षेत्रलाई सहयात्री बनाउन सकयौं भने राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक नरहेको बताए । शिक्षा क्षेत्र र स्वस्थ्य क्षेत्रमा सेवाको भाव र उदेश्य राख्नुपर्ने बताउँदै निजी क्षेत्रले नाफाको उदेश्यमात्रै राख्न नहुने धारणा व्यक्त गरे ।


अहिले देश विकास गर्न शिक्षित र दक्ष जनशक्तिको आवश्यक रहेको र त्यसका लागि प्राविधिक शिक्षामा जोडदिनुपर्ने धारणा राखे । उनले काम केही गर्न नआउने तर पाए जागिर खान्थे मात्र भन्ने जनशक्ति हुने हो भने त्यसको कुनै अर्थ नरहहेको बताउँदै शिक्षित र दक्ष जनशक्ति उत्पादनमा राज्यले जोड दिनुपर्ने बताए ।


ओलीले त्रिभुवन विश्वविद्यालयमा ६ महिनादेखी ताला गाईएको र भर्खर मात्र खोलिएको प्रशंगलाई कोट्याउदै त्यो तलाबन्दी कुनै बामपन्थिले नलगाएको प्रष्ट पारे । उनले विश्वविद्यालयमा आतंकरहेको बताउँदै केही प्रजातान्त्रिक विद्धान भनिएकाहरुले विश्वविद्यालय पढ्न नगएर लाठि लिएर बाटोमा बस्ने र प्रोफेसरलाई कुट्ने, अंगभंग गराउने गरेको बताए । “त्यसपछि लोकतान्त्रिक, प्रजातान्त्रिक गृह मन्त्रीको संरक्षणमा ताला लगाउनेलाई पुलिसले साथ दिन्छ खोल्नेलाई लखेट्छ यो अवस्था त्रिभुवन विश्वविद्यालयमा भोगि राखेका छौं” उनले भने ।

प्रोफेसर ठटाउने विद्धानहरुले पचास लाख मागेका रहेछन् । त्यो पचास लाख दिएर ताला खोल्न विश्वविद्यालयका पदाधिकारीलाई भनिरहेको समेत अवस्था छ । विश्वविद्यालयको कार्यालयमा गएर बैठक बस्ने कुनै अवस्था नभएपछि अन्तै कतै गएर बैठक बसे भने पनि विद्धान सज्जनहरु त्यही पुगेर माइन्युट खोसेर लाने र त्यो लगेर शिक्षामन्त्रीलाई बुझाइन्छ र शिक्षा मन्त्रीले धन्यवाद दिएर पठाउछन् । यो अहिलेको अवस्थाको झलक मात्रै हो यो अवस्थाले नेपालको शिक्षा कहाँ पुग्छ ।


विद्यार्थीलाई फेल गर्दा उसको पढ्ने उमेर सकिने हुँदा विद्यार्थी फेल नहुने तरीकाले पढाउन आवश्यक रहेको बताए । शिक्षा क्षेत्रमा लागेका शिक्षाकर्मि तथ आम शिक्षकहरुलाई आग्रह गर्दै भने “शिक्षकले पनि मेरो विद्यार्थीले मैले पढाएको बुझेको छ की छैन, अभिभावकले पैसा तिरेर वा शिक्षकलाई आफ्ना सन्तानलाई शिक्षत बनाउनु हुन्छ भनेर विश्वस गरेर विद्यालय पठाएका हुन्छन्, विद्यार्थीको भविष्य शिक्षकका हातमा रहेको हुन्छ त्यसअर्थ शिक्षकले आफ्नो दायित्व के हो बुझन आवश्यक छ । ”


निजी क्षेत्रलाई कस्तो शिक्षा दिनुपर्छ भन्ने राम्रोसँग थाहा भएको र गुणस्तिरीय शिक्षा दिन नसके, अभिभावक, विद्यार्थी खुशी नभए लगानीको जोखिम हुने कारण गुणस्तरीय शिक्षा दिन लागि परेको भनाई व्याक्त गरे । तर सामुदायिक विद्यालयमा लगानी डुब्ने जोखिम छैन, शिक्षकको जागिर पनि स्थायी छ, तलब आएकै छ लगायतका कुराले शिक्षा प्रति कसैको चिन्तन नभएकोले अब यस्ता खालका मानसिकतालाई छोड्नु पर्ने बताए ।


ओलिले भने “सामुदायिक विद्यालयमा पहिलो प्राथमिकता योग्य शिक्षक बनाउनुमा दिनुपर्छ । यसकालागि विशिष्टिकृत शिक्षकहरुलाई यो क्षेत्रमा आर्कषण गर्नुपर्छ । अबको शिक्षक ९० प्रतिशत भन्दा माथी ल्याएर पास गरेको हुनुपर्छ, ४० प्रतिशत ल्याएर शिक्षक भएकोले बाँकी ६० प्रतिशतमा आफै फेल भएको र अनविज्ञ नै रहन्छ । त्यस्ताखालका शिक्षकले पढाएर गुणस्तरीय शिक्षा हुँदैन, त्यसकारण पहिलो प्राथमिकता भनेको योग्य र दक्ष शिक्षक नै हुनुपर्छ ।”


विद्यालयमा व्यवस्थापन समितिहरु हुने व्यवस्था रहेकोले समितिका अध्यक्षहरुले आफ्ना छोरी, बुहारी र नातेदारलाई नियुक्ती गर्ने गरेकोले योग्य शिक्षकहरुले अवसर नपाएको बताए । उनले शिक्षक नियुक्ती गर्दा यस्ताखालका विकृतिलाई रोक्नुपर्ने र निष्पक्ष तरीकाले विद्यालयमा योग्य शिक्षक नियुक्ति गरीनुपर्नेमा जोड दिए । नियुक्ति गर्दा लिखित परीक्षा लिने र अन्तवार्तामा सबै फालिने हुँदा योग्य शिक्षक छनोटका लागि अन्तवार्ता लिने व्यक्ति योग्य र विज्ञ राखेर मात्र शिक्षक नियुक्ति गर्नुपर्ने बताए । साथै शिक्षक छनोट गर्दा कक्षा कोठामा विद्यार्थीका अगाडी पढाउन लगाएर उसको योग्यता हेरेर मात्र छनोट गर्नुपर्ने धारणा राखे ।

“गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यक छ तर, हाम्रा शिक्षकहरु जाँच दिएर प्रतिस्पर्धा गरेर शिक्षक बन्न तयार छैनन् । सकेसम्म भनसुन गरेर, एस्सो झुण्ड्याइदिने भन्दै दबाब दिन्छन् । अनि तिनै शिक्षकले पहिला दैनिक ज्यालादारी, करार, अस्थायी अलिक समय भएपछि स्थायी गर्न भन्दै तालाबन्दी गर्न सुरु गर्छन” उनले भने ।


अरबको मरुभुमिमा ऊटले धेरै गर्मि भएको बेला सुरुमा पालभित्र थोरै मुख छिराउने र मुखमा शितल हुँदै गएपछि एकैछिनपछि टाउँको पनि छिराउने जब टाउको भित्र छिराउन पाउछ उट बाहीर कुनै हालतमा ननिस्कने, बरु पाल भत्किन्छ त्यसलाई निकाल्न नसकिने उदाहरुण दिँदै हाम्रा विद्यालयहरुमा शिक्षक पेसा पनि त्यस्तै हालतमा रहेको बताए । सुरुमा जागिरको लागि अनुनय विनय गरेर छिर्ने पछि तिनिहरुले नै विद्यालय, विश्वविद्यालय नै सकिने गरी आन्दोलन, बन्द हड्ताल गर्ने गरेको बताए । त्यसकारण यसलाई व्यवस्थापन गर्नका लागि मेरो मान्छे, मेरो पक्ष, शिक्षा क्षेत्रमा हड्ताल, गुण्डागर्दी लगाएतका तमासाहरु बन्द गरीनु पर्ने र शैक्षिक क्षेत्र शान्ति क्षेत्र हुनुपर्ने बताए ।

शिक्षाविद् विद्यानाथ कोइरालाले समस्या नीतिमा हो की नियतमा हो यसमा प्रष्ट हुन आवश्यक रहेको भन्दै बनाईएका दस्तावेजहरु थन्काइनुको कारण प्रष्ट पार्न आलीलाई प्रश्न गरे । उनले कम्युनिष्ट पार्टिहरुले देशमा शिक्षा बुर्जुवा भयो, दुई खाले भयो भनेर गित गाउने अनि संगसँगै गएर निजी विद्यालय चलाएको आरोप लगाए । शिक्षक तथा विद्यार्थी सबैलाई राजनितीक दलका कार्यकर्ता बनाउन नहुने बताउँदै विद्यार्थीलाई गरीखाने शिक्षा दिनुपर्नेमा जोड दिए । उनले भने “अहीलेको हाम्रो दशा भनेको राम्रा विद्यार्थी सबै बाहिर गए, हामीसँग गुणस्तर छैन गुणस्तर नभएपछि राम्रा शिक्षक छैनन् अलिअलि भएका पार्टीलाई लेबि बुझाएका छन् र पर्टीले काम लगाइरहेका छन् यसका लागि दलहरुले भूमिकका खेल्नु पर्छ ।”


हिसानका अध्यक्ष रमेश सिलवालले समग्र शिक्षा क्षेत्रलाई राम्रो बनाउनका निम्ति पहल गर्न वलीलाई आग्रह गरे । उनले सामुदायिक शैक्षिक संस्था र विश्वविद्यालयलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ, निजी क्षेत्रको संरक्षण र संर्वदन कसरी हुन्छ, निजी क्षेत्रले शिक्षामा गरेको लगानीको सुरक्षा गर्दै नेपाललाई शिक्षाको हब बनाउने सवालमा दलहरुका तर्फबाट प्रष्ट धारणा आउनुपर्नेमा जोड दिए ।


सिलवालले अहिले विश्वविद्यालयमा तालाबन्दी धेरै हुने गरेको बताउँदै विश्वविद्यालय पनि खुला रहेछ भनेर अचम्म मान्नुपर्ने स्थिती सिर्जना भएको बताए । उनले राजनितीक हस्तक्षेप बन्द गरीनुपर्नै धारणा राखे । साथै विश्वविद्यालयहरुले शैक्षिक क्यालेण्डर निर्माण गर्न नसक्नु, क्यलेण्डरलाई ठिक समयमा लागु गर्न नसक्नु, पाठ्यक्रमले नेपाली युवाहरुलाई आर्कषण गर्न नसक्नु जस्ता कारणले शैक्षिक गुणस्तर जुन हिसाबले वृद्धि हुनुपर्ने हो, त्यो हुन नसकेको र शिक्षालाई समाजसँग जोडन नसकिकोले हाम्रो शिक्षाले अपेक्षा गरे जति हासिल गर्न नसकेको बताए ।


त्यसैगरी प्याब्सनका अध्यक्ष डिके ढुंगानाले निजी क्षेत्रको लगानी सुरक्षित हुनुपर्नै र गुणस्तरीय शिक्षामा सरकारले जोड दिनुपर्ने भनाई राखे । प्याब्सनका निवर्तमान अध्यक्ष टिकाराम पुरीले केपी वलीको सरकारले कोभिडको बेलामा निजी क्षेत्रलाई सहयोग गरेको स्मरण गराउँदै आगामी दिनमा निजी र सार्वजनीक विद्यालय विचको विभेदलाई हटाउन आग्रह गरे ।


एन-प्याब्सनका सह-अध्यक्ष सुवास न्यौपानेले नेपालको शिक्षामा निजी शैक्षिक संस्थाको ठुलो योगदान रहेको बताउँदै ओली सरकारले निजी शैक्षिक संस्थाहरुको महत्व र शंवेदनसिलतालाई बुझकोले गम्भिर दुर्घटनाबाट निजी शिक्षालयहरु बच्न सफल भएको बताए । खर्बौको लगानि गरेका निजी शैक्षिक संस्थाहरुले झण्डै २ लाख शिक्षक कर्मचारीहरुलाई रोजगार दिइरहेको र झण्डै नेपालको सन्दर्भमा ३० प्रतिशत शिक्षा क्षेत्र समेटेन सफल निजी शिक्षाको शुनिश्चितता प्रत्याभूति आजको २१ औं शताब्दिको आवश्यकता हो भन्ने कुरा गम्भिरताका साथ लिन आग्रह गरे ।


न्यौपानेले भने “सस्तो लोकप्रियताका लागि निजी र सामुदायिक गरी दुई किसिमको शिक्षा भन्ने अफवाह फैलाइएको छ, यसमा एउटै पाठ्यक्रम र एउटै परीक्षा बोर्ड भएको शिक्षालायमा कसरी दुई किसिमको शिक्षा हुन्छ । एउटामा मिहिनेत छ लर्निङ आउटकम राम्रो छ, एउटामा छैन । सामुदायिक विद्यालयको स्तर उन्नती गर्न नसक्ने त्यसलाई ढाकछोप गर्नका लागि निजी क्षेत्रको शिक्षामा प्रहार गर्ने प्रवृत्तिको अन्त हुनुपर्छ ।” आफुहरु निजी शिक्षा भएपनि सामुदायिक विद्यालयको स्तर उन्नती र शिक्षा विकासको परीकल्पना गर्नुका साथै सामुदायिक विद्यालय राज्यको प्राथमिकताको विषय बन्नु पर्नेमा जोड दिए ।


हिसानका वरीष्ठ उपाध्यक्ष तथा काय्रक्रम सञ्चालक युराज शर्माले निजी क्षेत्रले शिक्षा क्षेत्रमा गरेको योगदान बारे राज्यले बुझन आवश्यक रहेको बताउँदै राजनितिक दलहरुलाई अवगत गराउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताए । उनले अबको शिक्षा जिवन उपयोगी शिक्षा हुनुपर्नेमा जोड दिँदै शिक्षामा राज्यले लगानी बढाउँनुपर्ने बताए ।