काठमाडौं/३ कार्तिक-शिक्षण सहयोग अनुदन कोटामा कार्यरत शिक्षकहरुले यो आर्थिक वर्षको तलब अहिले सम्म पाउन सकेका छैनन् । संघिय सरकारले उपलब्ध गराउँदै आएको माध्यामीक तह र निम्न माध्यामिक तहमा कार्यरत शिक्षण सहयोग अनुदान कोटा अन्तर्गतका शिक्षकहरुले अहिलेसम्म तलब नपाएका हुन् ।
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा उल्लेख गरिएको ढाँचा अनुसार विद्यालयले विवरण भर्न नजान्दा शिक्षण सहयोग अनुदन कोटामा कार्यरत शिक्षकले तलब पाउन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा व्यवस्था गरीए अनुसार अनुदान पाए नपाएकोमा टिक लगाउनुपर्नेमा नपाएको विद्यालयले पनि नबुझेर अनुदान पाएकोमा टिक लगाउँदा सो विद्यालय वा स्थानीय तहको कोटा अर्को स्थानीय तहको विद्यालयमा जाँदा तथ्याङ्गक तलमाथी भएकोले संघिए सरकारले दिने यो आर्थिक वर्षको तलब पाउन ढिलाई भएको केन्द्रले जनाएको छ ।
विवरणमा विद्यालयले क्याटगोरी छुट्टयाउनु पर्नेमा दरबन्दीलाई पनि अनुदान भनिएको र शिक्षण सहयोग अनुदन कोटालाई अनुदान कोटा मात्र भनिएकोले विवरण भर्ने बेलामा विद्यालय झुक्किएको केन्द्रको भनाई छ ।
त्यसैगरी तीन तहका सरकार भएपछि प्रदेश सरकारले पनि अनुदान कोटा दिएको कारण प्रधानाध्यापकले विवरण भर्दा झुक्किएर प्रदेश सरकारबाट पाएको अनुदान कोटालाई संघिय सरकारबाटै पाएकोमा टिक लगाइदिँदा समस्या देखिएको छ ।
गलत विवण भरेर कोटामा तलमाथी भएपछि केन्द्रले बढी गएको स्थानीय तहको तानेर कम वा नगएको स्थानीय तहमा कोटा पठाउने तयारी गरेको छ । यसका लागि केन्द्रले छिटै कोटाको सत्यापन गरीने जानकारी दिएको छ । केन्द्रका अनुसार करीब ८ वटा स्थानीय तहमा बढी कोटा गएको र करीब २२ वटा स्थानीय तहमा कोटा नपुगेको देखिएको छ ।
शिक्षण सहयोग अनुदन कोटा नआएको र काटीएको गुनासो स्थानीय तहबाट आएपछि अनुदान कोटा भन्दाबढी नयाँ शिक्षक नियुक्ति नगर्नका सबै स्थानीय तहलाई केन्द्रले परीपत्र जारी गरेको छ । केन्द्रले यो आर्थीक वर्षको अहिलेसम्म तलब नपाएका शिक्षकहरुलाई कुनै समस्या नहुने र नआत्तिन समेत आग्रह गरेको छ । छिटै तथ्याङ्गक सत्यापन गरेर कोटा मिलाई शिक्षकहरुको तलब उपलब्ध गराइने खबर एजुकेशनलाई जानकारी दिएको छ ।
माध्यामिक तह कक्षा ९ र १० मा दरबन्दी वा राहतकोटा (शुन्य दरबन्दी) दुबै नभएको विद्यालयलाई दुई वटा शिक्षण सहयोग अनुदन कोटा दिने र एक दरबन्दी भएकोलाई थप एक गरी न्यूनतम दुई पु¥याउने संघिय सरकारको नीति रहेको छ । त्यसैगरी निम्न माध्यामिक तह कक्षा ६ र ८ रहेका विद्यालयमा शुन्य दरबन्दी रहेको अवस्थामा एउटा शिक्षण सहयोग अनुदन कोटा दिने गरेको छ ।
कोटा अनुसार माध्यामिक तहका शिक्षकहरुलाई मासिक ३७ हजार ९ सय ९० रुपैयाँ र निम्न माध्यामिक तहका शिक्षकहरुलाई ३० हजार २ सय रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ । यो बाहेक उनीहरुलाइ अन्य कुनै पनि सेवासुविधा सरकारको तर्फबाट उपलब्ध छैन ।



