सातै प्रदेशको शिक्षक पदका लागि गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौं/३१ असोज–शिक्षक सेवा आयोगले सातै प्रदेशको माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको आयोगले असोज २८ र २९ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।


शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा सार्वजनिक गरेको छ ।


यहाँबाट हेनैुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=211&fn=maths%20all%20pradesh%20result.pdf