काठमाडौं/२६ असोज-अक्षरा स्कूलको प्राथमिक ध्येय नै संस्कारयुक्त शिक्षा हो । अक्षराले स्थापनाकालदेखि नै संस्कायुक्त शिक्षाको चिन्तन गर्दै आएको छ । यसै अनुरुप स्कूललाई संस्कारयुक्त शिक्षाको अंवेशषणशाला बनाउन हरसम्भव प्रयास पनि गर्दै आएको छ ।
वर्तमान समयमा उभिएर हेर्ने हो भने संस्कायुक्त शिक्षाको अभावले गर्दा हाम्रा दर्शन, सभ्यता र संस्ककारगत मूल्य मान्यता कम्जोर हुँदै गएको अवस्था छ । परिणाम स्वरुप हाम्रा संस्कारगत पहिचान र गौरवका धरोहर मानिने संस्कृति सूत्रहरु दिन प्रतिदिन क्षयीकरण हुँदै गइरहेका छन् ।
वर्तमान समयमा उभिएर हेर्ने हो भने संस्कायुक्त शिक्षाको अभावले गर्दा हाम्रा दर्शन, सभ्यता र संस्ककारगत मूल्य मान्यता कम्जोर हुँदै गएको अवस्था छ ।
यस किसिमको विषम प्रतिकुल परिप्रेक्ष्यमा समाजमा वौद्धिक र शिक्षित वर्गले संस्कार शिक्षाको क्रान्ति नै गर्नुपर्ने बेला आएको महशुस हुन्छ । ती प्राचीन तर वैज्ञानिक संस्कारका ज्ञान विज्ञानलनई आधुनिक संसारसँग जोडेर सरल र सहज शैलीमा बालबालिकाहरुको कलिलो मष्तिस्कमा संस्कारित गर्ने बेला आइसकेको छ । अहिले समाजका प्रत्येक क्षेत्रमा रुपान्तरण चाहिएको छ । जुन रुपान्तरण एक्लो शिक्षाबाट सम्भव हुँदैन त्यो रुपान्तरण संस्कारयुक्त शिक्षाबाट आशावादी बन्न सकिन्छ ।
यथार्थतः शिक्षा र संस्कार एउटै रथका दुई पाङग्रा हुन् । शिक्षाको मूल उदेश्य भन्नु नै मानिसलाई असल, सफल र खुशीको संस्कार प्रदान गर्नु हो ।
अक्षरा स्कुल परिश्रमशीलता र सत्यनिष्ठामा विश्वास राख्छ । अक्षरा स्कुलको संस्थापक निर्देशक तथा प्रिन्सिपल भएको हैसियतले म अक्षरा स्कुललाई संस्कार र शिक्षाको समन्वित शैक्षिक केन्द्र बनाउने दिशामा आरम्भदेखि नै प्रतिवद्ध छु ।
यस स्कुललाई उत्कृष्ट र पृथक पहिचानयुक्त बनाउने कुरामा अक्षरा स्कुल निरन्तर कटिबद्ध छ । प्रस्तुत लक्ष्यप्रति मेरो निष्ठा र आत्मविश्वास सदा उच्च छ । विद्यालयको लोगोले नै स्पष्ट अभिव्यक्ति दिन्छ कि हामी शिक्षा र संस्कारलाई एकसाथ अघि बढाउन अहोरात्र लागिपरेको छौं ।
अक्षरा स्कुल परिश्रमशीलता र सत्यनिष्ठामा विश्वास राख्छ । अक्षरा स्कुलको संस्थापक निर्देशक तथा प्रिन्सिपल भएको हैसियतले म अक्षरा स्कुललाई संस्कार र शिक्षाको समन्वित शैक्षिक केन्द्र बनाउने दिशामा आरम्भदेखि नै प्रतिवद्ध छु ।
प्रस्तु लक्ष्यलाई कसरी सार्थक तुल्याउने र यसलाई कसरी समयानुकूल बनाउँदै लैजाने भन्ने अभिप्रायले हामी विगत लामो समयदेखि विभिन्न बौद्धिक र विषयविज्ञहरुसँग भेटघाट र अन्तरक्रिया गर्दै आएका छौं ।
मानिस जति शिक्षित हुन्छ त्यतिनै सहज, सरल र सरस हुनुपर्ने हुन्छ । अहिले नेपाली समाजमा ज्ञान र सीप त छ तर बानी बेहोरा संस्कारहीन हुँदै गएको देखिन्छ । समग्रमा भन्ने हो भने नेपाली जनमानसमा आचरणको रुपान्तरण हुन नसकेको अवस्था छ । माथिका समस्याहरुको समाधान खोज्नका लागि हामीले वर्तमान शिक्षापद्धतिसँग संस्कार जोड्नु बाहेक अर्को विकल्प देखिँदैन ।


संकारी व्याक्ति नै असल, सफल र खुशी नगरिक बन्न सक्छ भन्ने विषयमा डा. राजुु अधिकारीले आफ्नो पुस्तकमा निकै गहिरोसँग चिन्तन गरेको पाएँ । मलाई लाग्यो यो पुस्तक हाम्रै लागि, हाम्रै स्कुलका लागि अनि सिङ्गो नेपाली समाजका लागि भनौ की हरेक नेपालीका लागि लेखिएको पुस्तक हो । पुस्तक अध्ययन गर्दै पानाहरु पल्टाउने क्रममा पुस्तकका हरेक पाठका शब्दहरुमा मैले देखेका सपनाहरु लुकेको पाएँ । हरेक पृष्ठमा मैले मेरा चाहानाहरु छरिएको भेटेँ । मेरा आकांक्षाहरुलाई पुस्तकको पल्लिवित गर्दै अघि बढेको पाएँ ।
पुस्तक भित्र विद्यार्थी वर्गलाई संस्कार शिक्षातर्फ उत्प्रेरित गर्ने किसिमका लेख, सन्दर्भ, कथा, कविताका उपयोगी सामाग्रीहरु विविधतापूर्ण तरिकाले चित्रण गरेको देख्दा म निकै प्रभावित भएँ ।
पुस्तक भित्र विद्यार्थी वर्गलाई संस्कार शिक्षातर्फ उत्प्रेरित गर्ने किसिमका लेख, सन्दर्भ, कथा, कविताका उपयोगी सामाग्रीहरु विविधतापूर्ण तरिकाले चित्रण गरेको देख्दा म निकै प्रभावित भएँ । मलाई लाग्यो पुस्तक सुगन्धित फूलहरुको सम्मिश्रणबाट तयार पारिएको एउटा सुन्दर संस्कारगुच्छा हो । पुस्तक पढदैँ जाने क्रममा म यो कुरामा विश्वस्त भएँ कि हाम्रा कलिला बालबालिकाको मन मस्तिष्कका लागि यो पुस्तक एउटा उत्कृष्ट खुराक बन्नेछ । यस पुस्तकद्धारा अभिभावक वर्गमा पनि संस्कारको सचेतना वृद्धि गर्न र संस्कारको बाटो समाउन अभिप्रेरित गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ ।
डा. राजु अधिकारीको बनौँ संस्कारी नामक पुस्तक प्रकाशन गर्ने कार्यमा अक्षरा स्कूलले सहकार्य गर्ने जमर्को गरेको छ । प्रस्तुत पुस्तक हाम्रो विद्यालयको मिसिन, भिजन र दर्शनसँग निकै नै समतुल्य छ । आशा छ संस्कार शिक्षाको क्षेत्रमा यो पुस्तक एउटा सार्थक सन्दर्भग्रन्थ तथा स्रोत सामाग्रीको रुपमा स्थापित हुनेछ ।
(अन्जु भट्टराई अक्षरा स्कुलका संस्थापक निर्देशक तथा प्रिन्सिपल हुन् । )



