डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्नाका लागि सूचीमा रहेका परीक्षार्थीबाट निवेदन माग

काठमाडौं/२५ असोज-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९–८० का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वस्थ्य कार्यक्रमहरुमा पूर्ण शुल्कीयतर्फ भर्नाका लागि निवेदन माग गरेको छ । परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहका स्वस्थ्य कार्यक्रमहरुमा पूर्ण शुल्कीयतर्फ उत्तिर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट भर्नाका लागि निवेदन माग गरेको हो ।


सूचीमा रहेका परीक्षार्थीहरूले प्रवेश पत्रको प्रतिलिपि र परिषदको वेबसाइटमा राखिएको नतिजा सिट संलग्न राखी असोज ३१ गते सम्बन्धित शिक्षालयमा निवेदन दर्ता गराउनु पर्ने छ । प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूतर्फ अध्ययनका लागि मुलुकभरिका अन्य प्रदेशका सोही कार्यक्रममा भर्ना सिफारिस भई उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरू मात्र योग्य हुने सूचनामा उल्लेख गरिएको छ ।


पूर्ण शुल्कीय कोटाहरूमा पूर्ण शुल्कीय तर्फको परीक्षार्थी नभई कोटा खाली रहन गएको खण्डमा मात्र वर्गीकृत (निःशुल्क)छात्रवृत्तिको उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीलाई योग्यता क्रमानुसार भर्ना गर्न परिषद्ले आफ्नो मातहतका शिक्षालयलाई निर्देशन दिएको छ ।