काठमाडौं/१६ असोज-आज बडादशैंको सातौ दिन अर्थात फूलपाती । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्ति स्वरूपा भगवतीलाई कालरात्रि पनि भनिन्छ । देशभर नेपालीहरुका घरघर, शन्तिपीठ र दशैंघरमा धुमधामको साथ आजको दिन विभिन्न मिश्रित फूलपाती भित्राइन्छ ।
कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी, श्वास फेर्दा आगो ओकल्ने देवी कालरात्रि हुन् ।
घाँटीमा बिजुली सरह झल्कने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ।
आजको दिन दुर्गाको दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठा गरेर गणेशको रुपमा स्थपना गरिएको कलशको छेउमा नौ वटा ससना ढुङाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।



