आइतबारदेखि एनओसी सानोठिमीबाट वितरण गरिने

काठमाडौं/७ असोज-आइतबारदेखि वैदेशिक अधययन अनुमति पत्र (एनओसी) भक्तपुरको सानोठिमीबाट वितरण गरिने भएको छ । अहिलेको स्थानमा पुननिर्माणको कार्य भै रहेकोले कार्यसम्पन्न नभएसम्मका लागि भक्तपुरको सानोठिमीबाट वितरण गरिने भएको हो ।


त्यसैगरी शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखालाई पनि सानोठिमी भक्तपुरमा नै सारिएको छ । आइतबारदेखि शाखाहरुले प्रदान गर्दै आएका सेवाहरु भक्तपुरको सानोठिमी स्थित राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) को कार्यालय (साविकको परिक्षा नियन्त्रण कार्यालय) परिसरबाट प्रदान गरिने जनाएको छ ।