काठमाडौँ विश्वविद्यालयको संयोजकत्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं/६ असोज-काठमाडौँ विश्वविद्यालयको संयोजनमा विभूति विद्या मन्दिरमा सञ्चालित कन्टिन्युअस टिचरर्स प्रोफेस्नल डेभलपमेन्ट कार्यक्रम अन्तर्गतको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौँ विश्वविद्यालय कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गानाको संयोजनमा सञ्चालन भएको हो ।


विभूति स्कुलको सेमिनार हलमा असोज ४ गते सञ्चालित सो कार्यक्रममा प्रमुख प्रस्तोता परशुराम एस.निरौला रहनु भएको थियो । ‘एक्काइसौँ शताब्दीका आदर्श विद्यालयको अवधारणा’ विषयक उक्त कार्यक्रममा विभूति विद्या मन्दिर विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो ।


आजको युगको सपेक्षतामा आदर्श विद्यालय कस्तो हुनुपर्छ ? वास्तवमा आजको आवश्यकता, अभिभावक, विद्यार्थी र समाजको चाहना र अपेक्षाहरू के–के हुन ? आज हाम्रो विद्यालयले प्रदान गरेको शिक्षाले अर्थात् हाम्रा विद्यार्थीले प्राप्त गरेको ज्ञानले भोलिको दिनमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् त ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्ने र टिक्ने दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले कस्ता–कस्ता योजना तथा रणनीतिहरू अवलम्बन गर्न सक्छन् ? कुन कुन पक्षलाई जोड दिन सकेको खण्डमा हाम्रो लक्ष्य पूरा गर्न सकिन्छ ? लगायत विविध विषयमा बृहत अन्तरक्रियात्म ककार्यक्रम भएको थियो ।


यसै क्रममा गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि सर्वप्रथम गुणस्तरीय जीवन हुनुपर्ने र गुणस्तरीय जीवनका लागि आधारभूत तत्व भनेको हावा, पानी र खाना नै भएको सत्य लाई स्वीकार गर्दै यसलाई सफा, स्वच्छ बनाउन पे्ररित गर्नुपर्ने, सिकाईलाई केबल पाठ्यपुस्तकसँग सीमित नगराइ पाठ्यक्रमलाई केन्द्रमा राखेर आवश्यकता अनुसार गहिराइमा पुगेर ज्ञान दिन सक्नु पर्ने र आजको शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्ने विषयमा पनि कार्यक्रमका सहजकर्ता निरौलाले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *