काठमाडौं /१८ भदौं-विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी भ्याली पब्लिक स्कूलले सम्झौता गरेको छ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा अवस्थित भ्याली पब्लिक स्कूलले शिक्षण सिकाईलाई प्रभावकारी बनाई पेसागत विकासका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको हो ।
२०५० सालमा स्थापित भ्याली पब्लिक स्कूलले आफ्नै १५ रोपनीमा निर्माण गरिएको शैक्षिक पूर्वाधार सहितको भवनम आम अभिभावको शैक्षिक परिवर्तनको चाहना अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न संस्थाहरुसँग सम्झौता गरीएको विद्यालयका संस्थागत प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी दिए ।
यसैगरी इन्सपायर एजुकेसन फाउन्डेसनसँग शिक्षक तालिम, विषयगत तालिम, अभिभावक सत्र, विद्यालय प्रणाली, स्रोतसामग्री निर्माण, स्वरसंकेत तथा उच्चारण गरी ४८ वटा भौतिकसत्र र ४८ वटा विद्युतीयसत्र सञ्चालन गर्न सम्झौता भएको छ ।
काठमाडौँ विश्वविद्यलयसँग ३ कार्यभार सहितको शिक्षक पेशागत विकास योजनामा काम हुने जनाएको छ । त्यस्तै पुस्तकालय विकास कोषसँग विद्यालयको पुस्तकायमा करिब एक लाख साठी हजार संख्यामा भौतिक तथा विद्युतिय माध्यमका पुस्तकहरुको उपलब्धता गराई विद्यार्थीको पढ्ने, खोजी गर्ने, बुझ्ने र विश्लेषण गर्ने जस्ता सिपको विकाश गर्ने अभिप्राय राखी निरन्तर काम गरिने उदेश्यका साथ सम्झौता गरेको छ ।