भिएसमा आयोजित ट्यालेन्ट हन्ट सम्पन्न

काठमाडौं/२१ माघ–भिएस निकेतन सेकेन्डरी स्कुलको ट्यालेन्ट हन्ट २०२० प्रतियोगिता सम्पन्न भएको छ ।
भिएसएन इन्नोभ्याटर क्लबले आयोजना गरेको कार्यक्रममा व्यवस्थापन र विज्ञान संकायका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले कमेडी गर्ने, गीन गाउने, नाच्ने, गजल, मुक्तक भन्न लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
स्कुलका प्रधानाध्यापक गोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गायक एवं संगीतकार मदन गोपाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उत्कृष्ट प्रतिभाहरुलाई छानेर पुरस्कृत समेत गरिएको थियो । यस्ता कार्यक्रमबाट विद्यार्थीभित्र लुकेको प्रतिभा प्रस्फुटन गर्न सहयोग मिल्ने स्कुलको भनाई छ ।
कार्यक्रममा स्कुलका सहायक प्रधानाध्यापक रजित कुमार पण्डित, व्यवस्थापन संकाय संयोजक प्रेमलता श्रेष्ठ। विज्ञान संकाय संयोजक ज्योतिराज भण्डारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *