दुई वेग्ला वेग्लै प्रतियोगितामा फेरिल्याण्ड दोस्रो हुन सफल

काठमाडौं/२९ साउन-अन्तर विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा आकाशदीप प्रथम र फेरिल्याण्ड इन्टरनेशनल स्कूल दोस्रो हुन सफल भएका छन् । दुईसय बढी विद्यालय सहभागी नृत्य प्रतियोगितामा आकाशदीप प्रथम, फेरिल्याण्ड दोस्रो भएका हुन् ।


गोकर्णेश्वर नगरपालिका ५, नयाँ बस्तीमा रहेको टाइमलाइन स्कूलमा सञ्चालन गरिको नृत्य प्रतियोगितामा बूढानिलकण्ठ नगरपालिका १० कपन, बालुवाखानी स्थित फेरिल्याण्ड इन्टरनेशनल दास्रो हुन सफल भएको विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी दिनुभए । विद्यालयका नृत्य प्रशिक्षक लक्ष्मी पुरी गुरुङको कोरियोग्राफी रहेको हुड्केली विधामा दोस्रो उपाधि पाउन सफल भएको प्रिन्सिपल अधिकारीले बताए ।

प्रतियोगितामा प्रथम चरणमा करिब २०० विद्यालयहरुको सहभागिता रहेको थियो । डिजिटल राउण्ड पार गर्दै १३ विभिन्न विधामा जम्मा ३९ विद्यालय अन्तिम चरणमा पुग्न सफल भएका थिए ।


उपत्यकाव्यापी तिज गीत प्रतियोगितामा फेरिल्यान्डलाई द्धितिय स्थान :


त्रिज्योति स्कुलद्वारा आयोजित उपत्यकाव्यापी पाँचौँ तिज गीत प्रतियोगितामा पनि फेरिल्यान्ड इन्टरनेशनल स्कुलका छात्राहरूले द्धितिय स्थान प्राप्त गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीको प्रमुख अतिथिमा आयोजित उक्त प्रतियोगितामा हिमालय बोर्डिङ स्कुलले प्रथम, फेरिल्यान्ड इन्टरनेशनल दास्रो र हिम रश्मि स्कुल तेस्रो स्थान हुन सफल भएका छन् । फेरिल्यान्ड इन्टरनेशनल स्कुल सहित उपत्यकाका ३२ स्कुलहरु सहभागि उक्त तिज गीत प्रतियोगिताको भब्य रुपमा समापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *