काठमाडौँ /२३ साउन – नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम कार्यान्वयन पुस्तिकामा विद्यालयका कर्मचारीको तलव वृद्धि नगराएर अन्याय गरेको भन्दै असहमती जनाएको छ । विद्यालय कर्मचारीको तलव वृद्धि नगराएर राज्यले न्युन वेतनमा काम गरिरहेका कर्मचारी प्रति अन्याय गरेको भन्दै असहमती जनाएको हो ।
महासंघले आज विज्ञप्ति जारी गर्दै कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/०८० संशोधन गरी अन्य पेसाकर्मीको जस्तै विद्यालय कर्मचारीको पनि तलव वृद्धि गरी साउन महिनाबाटै उपलब्ध गराउन माग गरेको छ । साथै विद्यालय कर्मचारीको पनि तलव वृद्धि नगरे आई पर्ने गम्भीर परिणाम प्रति मन्त्रालय आफै जिम्मेवार हुने चेतावनी दिएको छ ।




