त्रिवि सेवा आयोगमा गरिएको तालाबन्दी खुल्यो

काठमाडौं/२२ साउन-नेपाल विद्यार्थी संघद्धारा त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा गरिएको तालाबन्दी हाललाई स्थगन गरेको छ । सेवा आयोग अध्यक्षको पद रिक्त रहेको भन्दै पदपूर्ति नहुन्जेससम्मको लागि तालाबन्दी हाललाई स्थगन गरेको हो ।


संघले आयोगका अध्यक्ष प्रा. डा. लालु प्रसाद पौडेलले आफ्नो पदवधि सकिने दिनमा पनि आयोगको अन्तरवार्ता लिन खोजेको र राजनितीक पार्टिका कार्यकर्ता भर्ति गर्न खोजेको भन्दै आन्दोलन तथा तालाबन्दी गर्दै आएको थियो ।