काठमाडौं /१६ साउन-नेपाल गाणित संघ (म्याथम्याटिक्स एशोसियसन अफ नेपाल) ‘मेन’को नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा बिनोद प्रसाद पन्तलाई चयन गरिएको छ । संघको साधारण सभाले १५ सदस्यीय कार्यसमिति सहित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन अन्तर्गत स्टिम एजुकेशनका विभागीय प्रमुख एसिस्टेन्ट प्रोफेसर बिनोद प्रसाद पन्तलाई अध्यक्षमा चयन गरिएको हो ।
निवर्तमान कार्यसमितिका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षता र प्रा.डा.भद्रमान तुलाधरको प्रमुख आतिथ्यतामा बसेको साधारण सभाले पन्तको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित अध्यक्ष बिनोद प्रसाद पन्तले बताए ।
त्यसैगरी संघको उपाध्यक्षमा हरि प्रपन्न कँडेल, महासचिवमा सनत कुमार आचार्य, सचिवमा सागर दाहाल र कोषाध्यक्षमा छवि ढुंगानालाई चयन गरिएको छ । सदस्यहरुमा हरि पण्डीत, इन्द्रकुमार लामा, इन्द्रकुमार साख, धर्मेन्द्र यादव, भीमसेन खड्का र प्रजित अधिकारी रहेका छन् ।
बाँकी पदाधिकारीहरु भने संघको आगामी बस्ने पूर्ण बैठकले चयन गर्ने छ । उनका अनुसार महिला सहकोषाध्यक्ष र एक महिलासहित थप ३ जना सदस्य बैठकबाट थपिनेछ । साथै सभाले संघको संरक्षणमा प्रा.डा.भद्रमान तुलाधर र दीपक बास्तोला तथा सल्लाहकारमा प्रा. डा. बालचन्द्र लुइटेल रहने निर्णय गरेको छ ।
त्यस्तै, नवनिर्वाचित समिति तीन वटा विभागका प्रमुख पनि चयन गरेको छ । जसमा इभेन्ट म्यानेजमेन्ट डाइरेक्टरमा छवि ढुंगाना, एकेडेमिक डाइरेक्टरमा सनत कुमार आचार्य र एड्मिनिस्ट्रेटिभ डाइरेक्टरमा सागर दाहाललाई प्रमुख चयन गरिएको हो । संघले विशेषगरी विश्वस्तरमा हुने गणित प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने गर्दछ ।



