काठमाडौं/१२ साउन-भारतको हिमाक्षरा संस्था र नेपालको शिक्षालय राष्ट्रिय मासिकको संयुक्त आयोजनामा शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरीएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा.एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरीएको हो ।
चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा डा.यादवका नाममा प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड र कलामका नाममा आउटस्ट्याण्डिङ इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरिएकोे हो ।
उक्त अवार्ड कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका शिक्षाकर्मी, विज्ञ, प्रधानाध्यापक, शिक्षासेवी, शिक्षा पत्रकारको उपस्थिति रहेको थियो भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ती अवार्ड प्रदान गरेकी थिइन ।
मन्त्री भुसालले नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सिकाइको अभ्यास गर्न जरुरी रहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि नेपालमा भएका प्रयासलाई संस्थागत गर्दै सर्वसुलभ शिक्षामा सबैको पहुँच पु¥याउनुपर्नेमा जोड दिईन् ।



