वीरगन्ज/२८ असार-अध्याधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाले तीन दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण विद्यार्थी बढि प्रभावित हुन थालेपछि महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु ३ दिन बन्द गर्ने निर्णय गरेको हो ।
मंगलबार विद्यालय बन्द गर्ने निर्णय गर्दै पहिलो चरणमा बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिन बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका भित्र ९१ सामुदायिक विद्यालय र १ सय २ नीजि विद्यालयहरु सञ्चालनमा छन् ।



