महोत्तरी/२८ असार-महोत्तरी श्री मावि एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी विभिन्न वहानामा सेवा ग्राहीसँग घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो । उनीहरु दुबैजनाले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा १९ जेठमा पक्राउ गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३(१) बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।
त्यसैगरी पर्सा जिल्लाको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका निर्माण समितिका अध्यक्ष कन्हैया साह कानु सहित ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।
अध्यक्ष साह कानु, प्रधानाध्यापक, सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र सा कानु समेतले विद्यालयमा प्राप्त विभिन्न शीर्षकको अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराए पछि आरोप–पत्र दायर गरेको छ ।
हिनामिना गरेको भन्ने उजुरीका आधारमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका निर्माण समितिका अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद, र सदस्य रामचन्द्र सा कानुले समितिका अध्यक्ष कन्हैया साह कानुलाई नै अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको ।
निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुले लिएको विद्यालय निर्माणको कुनै कार्य नगरेको तर पेश्कीबापत रु.११,९५,०००।– रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरी विद्यालय भवन निर्माण गर्ने भनी प्रचलित खरिद ऐन नियम विपरीत सम्झौतासमेत नगरी पेश्की लिई÷दिई सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही र वदनियतपूर्ण तरिकाले हिनामिना गरेको आरोप छ ।



