दोस्रो चरणको आन्देलनका कार्यक्रम घोषणा गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्

काठमाडौं/१९ असार-नेपाल विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्देलनका कार्यक्रम घोषणा गर्ने भएको छ । शनिबार बसेको जिल्ला अध्यक्षहरु सहितको राष्ट्रिय समितिको बैठकले दोस्रो चरणको आन्देलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो ।


राष्ट्रिय समितीले बबन कुमार मिश्रको संयोजकमा ११ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरी केही दिन भित्र दोश्रो चरणकको आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको अध्यक्ष गंगाराम तिवारी बताए ।


तिवारीले नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको जेठ २१ गते गरेको पहिलो चरणको आन्दोलन को समिक्षासँगै अब दास्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा छिटै गर्ने तयारी भएको बताए ।


त्यसैगरी शिक्षक महासङ्घको राष्ट्रिय महाधिवेशनमा सहभागी कसरी गर्ने, जिल्ला कार्यसमिति गठन नभयका जिल्लाहरुमा जिल्ला प्रतिनिधि चयन, २०७९ असोजमा राष्ट्रिय परिषद् गर्ने लगायतका विषयमा छलफल तथा निर्णय गरिएको छ ।