’
काठमाण्डौं /१० माघ– भि. एस. निकेतन एजुकेशन फाउण्डेशनले आज एक समारोहकाबीच ‘३९ औं अभिभावक दिवस’ मनाएको छ ।
स्कूलको प्राङ्गणमा भएको सो कार्यक्रममा भि. एस. निकेतन एजुकेशन फाउण्डेशनका संस्थापक निर्देशक डा.बबिन पोखरेलले अत्यन्तै अनुशासित र पारिवारीक वातावरणमा पढाई हुने भौतिक पूर्वाधारले सम्पन्न राष्ट्रको गौरव बोकेको यस विद्यालयमा आफ्नो नानीबाबुहरूलाई जुन आशा र भरोसाले ल्याउनु भएको छ, त्यो भरोसालाई हामीहरूले कायम राखीरहेको बताए । साथै अभिभावक र विद्यालय बीचको पारस्पारिक विश्वास र सम्बन्धलाई कायम राखीराख्ने प्रण गर्दै पोखरेलले विद्यालय यो उचाईमा पुग्न अभिभावकको माया र विश्वासले मात्र सम्भव भएको बताए ।
उनले थपे शिक्षा व्यक्तिको चेतना हो र समाज परिवर्तनको संबाहक हो । हामी राष्ट्रको परिचय हौं भन्ने मान्यताका साथ हजुरहरूको नानी बाबुहरूलाई समयसापेक्ष शिक्षा प्रदान गर्दै सैद्धान्तिक मात्र नभई व्यवहारिक दिन प्रयोगात्मक ज्ञानको लागि प्रखर बनाउने उद्देश्य लिएर जिवनको अधिकतम समय समाज सेवामा समर्पित भएका अग्रज र व्यक्तित्व शिक्षा क्षेत्रका अग्रणी यस संस्थाका संस्थापक निर्देशक स्व. बाबुराम पोखरेल को सपनालाई साकार गनै अहोरात्र खटिने भन्दै प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भि. एस. निकेतन एजुकेशन फाउण्डेशनले देशको सर्वाङ्गिण विकासका लागि सबै किसिमका जनशक्तिबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्य राखेर आगामी दिनमा उच्च शिक्षा दिनका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिई भि. एस. ईन्टरनेशनल खोलर बिबिए, बिसिए, बिबिएम,बिएसडब्लुएम, र एमबिएसको कक्षाहरू सञ्चालन गरिरहेको छ ।
शिक्षा क्षेत्रमा समर्पित हुने उद्देश्यले २०३८ साल फल्गुन १८ गते स्व.डा.बाबुराम पोखरेलले विनायक सुधा निकेतन (भि.एस. निकेतन)को नामबाट सुरु गरेका थिए । तर आज सम्म आई पुग्दा समयअनुसार हुर्कियो, झांगियो, फुल्ये फल्यो र आश्रयस्थल बन्यो । त्यही भि.एस. निकेतन आज ३९ औं वसन्तमा यात्रा गरीरहेको छ ।
न्युनतम शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय शिक्षा, अनुशासित वातावरण, अतिरिक्त क्रियाकलाप दिने उद्देश्य र प्रतिबद्धताका साथ भि. एस. निकेतन अगाडि बढिरहेको छ । २०३८ सालमा सात जना शिक्षक र १४७ जना विद्यार्थीबाट प्रारम्भ गरेको भि. एस. निकेतन स्कूलमा हाल ५ हजारको हाराहारीमा विद्यार्थी रहेका छन् भने ३०० भन्दा बढी शिक्षकशिक्षिका र कर्मचारी रहेका छन् । मध्यम वर्ग र गरिब वर्गलाई लक्षित गरेर सञ्चालन गरीएको यो विद्यालयमा अनुभवी शिक्षक, अनुशासित वातावरण, भौतीक पूर्वाधार मनोवैज्ञानिक शिक्षण पद्धती, अतिरीक्त क्रियाकलाप, सफल नतिजाका कारण विद्यार्थीहरू भि. एस निकेतनप्रति आकर्षित छन् । जुन यस स्कूलको गौरव र प्रतिष्ठा हो । भि. एस निकेतनले गुणस्तरिय शिक्षा आजको आवश्यकता नारालाई महशुुश गर्दै प्राविधिक शिक्षा आजको आवश्यकतालाई आत्मसात गर्दै अघि बढ्दै गएको छ ।