मन्त्रिपरिषदको बैठकले एकाएक आन्तरिक मूल्यांकनको अस्पष्ट विकल्प सहित एसईई परीक्षा खारेज गरे सँगै शिक्षा क्षेत्र तातिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी बीचको यो निर्णय सही भो वा गलत भन्ने त्यती बेला मात्र थाहा हुन्छ जब यसको व्यवस्थापनको ढाँचा तयार हुन्छ । दृढ ईच्छाशक्तिलेयो निर्णय नेपालको विद्यमान शिक्षा प्रणालीलाई रुपान्तरण गर्ने अभूतपूर्व अवसरपनि सिद्ध हुनसक्छ भने यसको गलत व्याख्या र प्रयोग भयो भने यसले शिक्षा क्षेत्र मात्र हैन, सिङ्गो मूलुकलाई नै अवसानको दिशामा लैजान सक्छ ।
एक दक्षिण अफ्रिकी विश्वविद्यालयको गेटमा लेखिएको भनेर प्रचारित एउटा एकदमै गहकिलो भनाई छ, “यदि कुनै देशलाई धराशायी बनाउनु छ भने परमाणु बम वा लामो दुरीका क्षेप्यास्त्र चाहिंदैन, केवल त्यहाँको शिक्षाको गुणस्तर खस्काउने र परीक्षामा चोर्न दिने गरे पुग्छ । किनकी त्यस्ता चिकित्सकहरुको हातबाट बिरामीहरु मर्नेछन्, त्यस्ता ईन्जिनियरहरुले बनाएका संरचनाहरु ढल्नेछन्, त्यस्ता अर्थशास्त्रीहरुबाट अर्थतन्त्र ध्वस्त हुनेछ, त्यस्ता न्यायाधिशहरुबाट न्याय लुटिने छ र त्यस्ता धर्मगुरु र दार्शनिकहरुबाट मानवीयताको हत्या हुनेछ ।” यतिबेला हामी ठ््याक्कै दोसाँधमा आईपुगेका छौं । सरकारको सही निर्णयले हाम्रो शिक्षा प्रणालीमा भएको आधाभन्दा बढी कमजोरीहरुतत्काल हटाएर प्रगतिशिल शिक्षाको ऐतिहासिक सुरुवात हुनसक्छ भने गलत निर्णयले शिक्षालाई अराजक, अमर्यादित र अविश्वसनिय बनाउने पनि पक्का छ । तसर्थ, यो समय साँच्चै विशेष महत्वको छ ।
कुनै पनि क्षेत्रको सुधार सोचे र भोगेजस्तो गाह्रो कदापी छैन । नेपालको उर्जा संकटको समाधानमा एकजना कूलमान घिसिङको नियुक्तिले के ग¥्यो, हामी सबै साक्षी हौं । हाम्रो परीक्षा प्रणालीलाई लाग्दै आएको संगीन आरोप हो, ३ घण्टे परीक्षाले विद्यार्थीहरुको सही मूल्यांकन हुन सकेन, केवल स्मृतीलाई मात्र मापन ग¥्र्यो, सिकाईलाई पूर्णतामा मूल्यांकन गरेनभन्ने हो । यो आरोप एकदम सही हुँदाहुँदै पनि यसको भरपर्दो वैज्ञानिक विकल्प विकास नगरिंदा केही गर्न नसकिएको चाँही यथार्थ हो । अर्को जटिल प्रश्न भनेको हाम्रा विद्यालयहरुमा सिकाई नै पूर्णतामा हुन्छ की हुँदैन भन्ने हो । हामी शिक्षालाई परीक्षाको तयारीको अभ्यासमा अभ्यस्त छौं तर शिक्षा परीक्षाको हैन, जीवनको तयारी हुनुपर्छ। अझ शिक्षाविद जोन डिवीका अनुसार त शिक्षा जीवनको तयारी पनि हैन, शिक्षा नै जीवन हो । यी त दार्शनिकीय कुरा भए, तर मूख्य कुरा भनेको हाम्रो पद्दती र प्रयोग हो जुन पूर्णतया अंक र परीक्षामा केन्द्रित छ । लेटर ग्रेडिङ प्रणाली लागू हुँदा धेरै बहस भए, आमूल परिवर्तनको आशा पनि गरियो तर यसले कुनैपनि जटिलता लाई सम्बोधन गर्न सकेन, बरु समस्या बढाएको अनुभव हामीसँग छ किनकी त्यो अंकलाई अर्को नाम दिनेमात्र काम थियो ।
तसर्थ, एसईई परीक्षा खारेजीको यो निर्णयलाई पनि किन गरियो भन्ने नियतगत र नीतिगत प्रश्नको विश्लेषण हुन जरुरी छ । यदि यो महामारीकै मात्र उपज हो भने खासै ठूलो कुरा भएन तर यसबाट एक व्याचका विद्यार्थीहरु “कोरोना व्याच”को रुपमा कलंकित हुन सक्छन् । यसलाई निजी र सामुदायिक बीच रहेको गुणस्तरको खाडललाई पूर्न जादुको छडीको रुपमा ल्याईएको हो भने मुलुकको अधोगति अवश्यम्भावी छ । तर मूल्यांकनको सुधारबाट शिक्षामा रुपान्तरणको लागि ल्याईएको हो भने नेपालको शिक्षालाई फड्को मार्नबाट कसैले रोक्न सक्दैन । वास्तवमा यही रुपमा यो अवसरलाई बुझ्न र प्रयोग गर्नु जरुरी छ । यसको पहिलो शर्त भनेको स्पष्ट सरकारी दृष्टिकोण र शिक्षामा प्रभावशाली तथा चमत्कारिक “कूलमानीय” नेतृत्व हो ।
विगत ५/७ वर्षदेखि नेपालमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्ड लर्निङ (एमआई पिबिएल) विकास गरी विद्यालयहरुमा लागू गर्दै गर्दाको मेरो व्यक्तिगत अनुभवले भन्छ, शिक्षण–सिकाईमा रुपान्तरण गाह्रो विषय हुँदै हैन । शिक्षालाई जीवनसँग जोड्न तथा ज्ञान र बुझाईको निर्माण र सिर्जनाको अनुभवमा आधारित प्रगतिशिल शिक्षणको वास्तविक र प्रायोगिक तरिका शिक्षक–शिक्षिकहरुसम्म नपुग्नाले खाडल सिर्जना भएको हो । यो वहस र दर्शनले आउँदैन, यसका लागि तालिमबाट सीप विकास गर्नु जरुरी छ । केवल दुई दिनको सीप र औजार विकास तालिमबाट विद्यालयहरुको शिक्षण–सिकाई र मूल्यांकनमा समेत १८० डिग्रीको रुपान्तरण सम्भव भएको पनि देख्न पाईएको छ किनकी यसको अभिन्न अंग भनेको निरन्तर निर्माणात्मक मूल्यांकन हो। त्यसैले यस परिवेशमा कोही कसैलाई दोषी ठहर्याईरहन र आरोप प्रत्यारोपमा अल्झिन जरुरी भएन, हामीले भन्दै/सुन्दै आएको विद्यार्थी केन्द्रित, कृयाकलापमा आधारित, यातना मुक्त र अनुभवमा आधारित शिक्षा कस्तो हुन्छ भन्ने कुराको चित्रसमेत देख्न नपाएर समस्या भएको हो भनेर बुझ्दा सजिलो हुन्छ । यी र यस्ता नवीनतम शिक्षण–सिकाईको पक्षमा बेलाबेलामा हुँदै आएका बहस र वकालतलेहालससम्म ठोस उपलब्धी दिन नसकेपनि हामीलाई परिवर्तनको नजीक भने पक्कै पु¥र्याएको छ । अब खाडल पुर्ने बेला आएको छ ।
मूल रुपमाशिक्षण–सिकाईलाई प्रगतिशिल बनाएर निरन्तर निर्माणात्मक मूल्यांकनमा जानु नै नेपालको शिक्षा प्रणालीको रुपान्तरण हो र एसईईको खारेजीले यसको आधा काम सजिलो बनाउन सक्छ । तर समाचारमा आए जस्तो “विद्यालयले यस अघि नै गरेको मूल्यांकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा समितिबाट सिफरिस गर्ने, सोको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणिकरण गर्ने”प्रकृयागत नामाकरण र पञ्जीकरणको काम मात्र गरियो भने यसले विद्यार्थी, अभिभावक र सिङ्गो शिक्षा क्षेत्रलाई न्याय गर्न सक्दैन । केवल झारो टार्ने काम भन्दा बढी केही हुन्न, बरु लाखौं विद्यार्थीहरु अन्यायमा पर्न जान्छ । तसर्थ, मूल्यांकन पद्दतीलाई बदल्ने र त्यसको स्तरीकरण गर्नमा सारा प्रयास तत्काल केन्द्रित गरियो भने विद्यार्थीहरुलाई न्याय त गर्न सकिन्छ नै, साथमा यसले चालू शैक्षिक सत्र २०७७ देखिनै शिक्षामा अनुभव गर्न सकिने परिवर्तनको युगान्तकारी सुरुवात समेत गर्न सकिन्छ । यसका लागि तत्काल निम्नानुसारका तरीकाहरु अवलम्बन गर्न सकिन्छः

१. लिखित परीक्षाकोअंक बाहेकको एसईई आन्तरिक मूल्यांकनको प्रारुप तयार गर्नेः
क) स्तरीकृत योगात्मक प्रारुपको विकासः
आन्तरिक मूल्यांकन निरन्तर र निर्माणात्मक हुने गर्दछ तर एसईई २०७६ को मामिलामा हामी समयलाई फर्काउन सक्दैनौं तसर्थ निरन्तर र निर्माणात्मक मूल्यांकनको एक स्तरीकृतयोगात्मक प्रारुप अहिलेको विकल्प हो । यदि यो बनाउन सकियो भने तत्काल यसबाटचालू शैक्षिक सत्रमा निरन्तर र निर्माणात्मकमूल्यांकनको आधार सिर्जना समेत हुन जान्छ । यो प्रारुप निर्धारण गर्दा विश्वस्तरमा विद्यालय शिक्षाको मूल्यांकन कसरी गरिन्छ, त्यसको अन्तरवस्तुलाई आधार बनाइनु पर्दछ ।
ख) मापनको अन्तरवस्तुनिर्धारणः
अब हामीले शिक्षा र शिक्षार्थीको कुन–कुन पक्ष र आयामको मूल्यांकन गर्ने भन्ने प्रमुख विषयलाई निक्र्यौल गर्नुपर्ने हुन्छ । यो नेपालको राष्ट्रिय तथा स्थानीय आवश्यकता र एक्काईसौं शताब्दीको शिक्षाको आधारमा चयन गरिनुपर्छ । त्यसैले यसमा प्रशस्त मन्थन हुनु जरुरी छ तर यसमा हामीले छुटाउनै नहुने भनेको एक्काईसौं शताब्दी क्षमताको रुपमा चर्चित “फोर सी” अर्थात सिर्जनशिलता, समुहकार्य, संचार सीप र समालोचक सोचाई हो । यो धेरैले भन्दै, सुन्दै र कण्ठस्थ हुँदै आएका बुँदाहरु हुन्, यस बाहेकका अरु धेरै बुँदा पनि धेरैलाई थाहा छ तर शिक्षण–सिकाईमा यसलाई कसरी प्रयोग गर्ने र त्यसको मूल्यांकन कसरी गर्ने भन्ने प्रायोगिक तरिका, औजार र क्षमताको अभाव देखिन्छ । पिबिएल सिष्टममा यी कुराहरुको मूल्यांकनका लागि कक्षा र स्तर अनुसारका थरीथरी रुब्रिक्सहरुको निरन्तर प्रयोग हुन्छ । हो, अबको बाटो भनेको शिक्षकहरुले सजिलै प्रयोग गर्न सकिने स्तरीकृत रुब्रिक्सको हो । फोर सीका अलावा आवश्यकता अनुसार अन्य केही आयाम र क्राईटेरियाहरु पहिचान गरेर रुब्रीक्स निर्माण गरिनु पर्दछ ।
ग) स्तरीकृत विषयवस्तु र मुल्यांकन रुब्रिक्सः
एमआई पिबिएलको विकास गर्ने क्रममा नेपालको पाठ्क्रमको भित्री अन्तर्वस्तुसम्म छिर्ने मौका पाईयो र अमेरिका लगायत अन्य विकसित देशहरुको दाँजोमा हाम्रो पाठ्क्रम कति अपुरो र कमजोर रहेछ भन्ने पनि जानकारी भयो । विदेशमा पुस्तक विना किन पढाउन सम्भव छ भन्दा शिक्षकहरुको क्षमताले भन्ने मात्र जवाफ पाईन्छ तर पाठ्क्रमको अन्तर्वस्तु, सीप तथा क्षमता र मूल्यांकनको स्तरीकरण पनि जिम्मेवार छ भन्ने धेरैलाई हेक्का छैन । पाठ्यक्रममा विषयवस्तु र सीप–क्षमताको राज्यस्तरीय कमन कोर स्टेट स्ट््याण्डर्ड, जिल्लाहरुको स्ट््याण्डर्ड,एक्काईसौं शताब्दी क्षमता “फोर सी” को कमन कोर स्टेट स्ट््याण्डर्ड,रोजगार र उच्च शिक्षा केन्द्रित “थ्रीसी” (कलेज, करियर, सिभिक लाईफ) फ्रेमवर्कको स्टेटस्ट््याण्डर्ड,नेक्स्ट जेनेरेशन स्ट््याण्डर्ड, आदि कुराहरु निर्दिष्ट गरिएको हुन्छ । यसैको आधारमा मूल्यांकनको रुब्रिक्स बनाईने र परियोजना कृयाकलापहरु यसै अनुसार स्तरीकृत गरिने हुदा सिकाई जीवनोपयोगी, अर्थपूर्ण र रोचक हुन्छ । त्यसैले यसतर्फ हाम्रो पाठ्क्रमलाई पनि स्तरोन्नती गरिनु जरुरी छ । यसपालीको एसईईको मूल्यांकन प्रयोजनको लागि भने “फोर सी” र अन्य आवश्यक क्राईटेरियाहरुको राष्ट्रिय मापदण्ड र सो अनुसारको रुब्रिक्स निर्माण गरेर समष्टिगत एवं योगात्मक मूल्यांकन गर्न सकिन्छ ।
घ) मुल्यांकनमा पियर ग्रेडिङ गराउनेः
यसरी बन्ने र अन्य विशेष उद्देश्यको रुब्रिक्सलाई शिक्षकको मूल्यांकनमा मात्र सीमित नराखेर साथी–साथी बीच आपसी पियर ग्रेडिङ गराउनु पनि उपयुक्त हुन्छ किनकी विद्यार्थीहरुलाई शिक्षक र अभिभावकहरुले भन्दा पनि साथीहरुले नजिकबाट चिन्छन् ।
ङ) स्व–मुल्यांकनको अवसर दिनेः
विद्यार्थीहरुलाईअरुले भन्दा साथीहरुले चिन्छन् तर सबैभन्दा बढि चाँही आफूले आफैंलाई चिन्छन् । तसर्थ सेल्फ–रिफ्लेक्शनमा आधारित स्व–मुल्यांकनको अवसर पनि दिन सकिन्छ जसको प्रमाणीकरणमा अभिभावकहरुलाई संलग्न गराउन सकिन्छ ।
२. लिखित परीक्षाको अंकको लागिपहिला गरिएको मूल्यांकनलाई यथोचित सम्बोधन गर्नेः
मन्त्री परिषदको निर्णयमा उल्लेखित यो विषयलाई समावेश गराउन कक्षा १० को अवधीमा विद्यालयले लिएको प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक, तेस्रो त्रैमासिक तथा एसईई अभ्यास वा प्रिबोर्ड परीक्षाको नतिजाहरुलाई समष्टिगतरुपमा जोडेर आएको अंकलाई आन्तरिक मूल्यांकनको प्रारुपबाट आएको अंक वा ग्रेडको पचास प्रतिशत हिस्सा कायम रहने गरी समाविष्ट गर्न सकिन्छ ।
झट्ट हेर्दा सामान्य लागेपनि यी विषयहरुको गम्भीर अध्ययन, खोजी, छलफल र नेपाली परिवेशीकरण गर्न आवश्यक हुन्छ । तत्कालका लागि यति गर्न सके नेपालको शिक्षा रुपान्तरणको आधा बाटो तय भएको मान्न सकिन्छ र गतिशिल रुपमा चालू शैक्षिक सत्रको व्यवस्थापनमा लाग्न सकिने देखिन्छ । लिखित परीक्षाको अंकको भारलाई अझै घटाउँदै लगेर ३०% जति कायम गर्नर शिक्षाको सर्वपक्षिय तथा जीवनोपयोगी मूल्यांकनको दायरा बढाउँदै लानु बान्छनीय देखिन्छ । एसईईपरीक्षा एवं मूल्यांकनको क्षेत्राधिकार केन्द्र, प्रदेश वा स्थानीय सरकार जसको मातहत राखेपनि फरक नहोला तर यसको सरकारी मान्यता सुनिश्चित गर्नुको अझै पनि ठूलै महत्व छ किनकी शिक्षा ऐनले विद्यालय शिक्षाको प्रारुप परिवर्तन गरेपनि कक्षा १ देखि १० कक्षासम्म आईपुग्दा दुई तिहाई भन्दा बढी विद्यार्थीले पढाई छाडिसक्ने वर्तमान अवस्था छ ।
अधिकांश विद्यार्थीहरुका् लागि कक्षा ८ वा १० नै उच्चतम योग्यता हुने गर्दछ, अझ लाखौं अन्य विद्यार्थीहरु त त्यहाँ समेत पुग्न पाउँदैनन् । कक्षा ८ पछि थुप्रै व्यावसायिकर प्राविधिक विषयहरुको अध्ययनको बाटो खुल्छ, अनिकक्षा १० पछि अझ बढि अध्ययनको क्षेत्र र रोजगार उजागर हुन्छन् । यस्तो अवसरले मानिसको जीवनलाई सहज र सफल बनाउँदछ किनकी वास्तविक रोजगारी र उद्यमशीलता त्यसमा छ ।तसर्थ कक्षा १० को मानक परीक्षा सँधैको लागि खारेज गर्ने वा प्रमाणपत्रको अवमूल्यन हुने व्यवस्था गर्नु चाँही दुई तिहाई भन्दा बढी विद्यार्थीहरुमाथि अन्याय हुने देखिन्छ । यो समयकोरोनासँग लड्दा लड्दै शिक्षाको रुपान्तरण गरी मूलूकलाई अवसान तर्फ धकेलिनबाट जोगाउन सबैलै कटिबद्ध भएर योगदान दिने बेला हो । तसर्थ, सतर्क, सावधान र सहयोगी बनौं ।
लेखक सिङ्ग लामा भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज र हिकास्टका एडजंक्ट फ्याकल्टी तथा क्वेष्ट नेपालका सचिव र नेपालमा एमआई पिबिएल पद्दतीका प्रवर्तक समेत हुन् ।



