चितवन/२२ चैत – नयाँ शैक्षिकसत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पूर्ण संस्थागत विद्यालयलाई आग्रह गरेको छ ।
देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उल्लंघन गरी शैक्षिकसत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिरिएको भन्दै सो आग्रह गरेको हो । सबै विद्यालयहरूबाट उल्लेखित कानुनी व्यवस्था तथा सर्वोच्च अदालतको आदेशकअनुसार नयाँ शैक्षिकसत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन भनिएको छ ।
साथै मन्त्रालयले कुनै पनि विद्यालयबाट यस्ता गैरकानुनी काम हुन नदिई अभिभावहरूबाट कानुनविपरीत ढंगले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराउने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरूलाई विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।




