काठमाडौं/१९ चैत – यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आज बाट सुरु भएको छ । बिहान ८ बजे ७७ वटै जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरू हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार साधारण धार र प्राविधि धार गरेर कुल ५ लाख १२ हजार ४२१ परीक्षार्थी रहेका छन् । जसमध्य टेक्निकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् ।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मेवारी जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई दिने निर्णय गरेको छ । जिल्लामा ल्याएर परीक्षण गर्ने वा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने भन्नेबारे इकाइले नै निर्णय गर्नेगरी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा एसईई परीक्षा सकिएको एक महिनामा नतिजा प्रकाशन गर्नेगरी उत्तरपुस्तिकाको परीक्षण गराउने जिम्मा इकाईलाई दिइएको हो ।



