शिक्षक-कर्मचारीले ६ महिनासम्म तलब नपाएपछि आन्दोलन गर्ने तयारी

रौतहट/२८ असोज – ६ महिना देखीको तलब नपाएपछि रौतहटको चन्द्रपुर नगरपालिकाका शिक्षकहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । असोज २७ गते मागपत्र बुझाउँदै तत्काल तलब उपलब्ध नगराए कडा आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।


चन्द्रपुर नगरपालिका भित्रका ४७ विद्यालय मध्ये ३५ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको संयुक्त भेलाले ६ महिना देखि तलब उपलब्ध नगराइएको र तत्काल तलब उपलब्ध गराउन आग्रह गरेको छ ।


शिक्षकहरूले नगर प्रमुख, प्रशासकीय अधिकृत श्रवण कुमार साह, शिक्षा शाखा प्रमुख, दिपेन्द्र कुमार मण्डल र शिक्षा शाखा अधिकृत जुना तिमल्सिनालाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान नभए आन्दोलन गर्ने बताएका छन ।


यसैगरी ६ महिनादेखि रोकिएको बालविकासका शिक्षक कर्मचारीहरूको बाँकी तलब तुरुन्त भुक्तानी हुनुपर्ने, कार्यालय सहयोगीहरूको ६ महिन देखिको छुट तलब भुक्तानी हुनुपर्ने, स्वयंसेवक शिक्षक सम्बन्धी अन्योलता हटाउँदै, ९ महिनादेखि रोकिएको बाकी तलब अविलम्ब भुक्तानी गर्नुपर्ने लगायतका माग राखेका छन् ।