त्रिविको जग्गा खोजबिन समिति प्रतिवेदन २०८१ सार्वजनिक (हेर्नुहोस प्रतिवेदन)

काठमाडौँ /२६ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पक्ति खोजबिन समिति प्रतिवेदन २०८१ सार्वजनिक गरेको छ ।


विश्वविद्यालयको जग्गा तथा अचल सम्पक्ति खोजबिन गर्नका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ जेठमा पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।


उक्त प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएपनि सार्वजनिक गरिएको थिएन । तर, गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेसँगै सो प्रतिवेदन सार्वजनिक भएको हो ।


हेर्नुहोस प्रतिवेदन