शिक्षक नियुक्ति गरिदिने भन्दै घुस लिने प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

काठमाडौँ /२५ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने प्रधानाध्यापक सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । श्री जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटका प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश साहकानुलाई नियन्त्रणमा लिएको हो ।


आयोगले उनिहरूलाई ४ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । उनिहरूले श्री जय किसान माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत घुस लिएको पाइए पछि नियन्त्रणमा लिएको आयोगको भनाई छ ।


“सेवाग्राहीले रितपूर्वक दर्खास्त दिएकोमा उक्त विद्यालयका प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत घुस÷रिसवत रु।४,५०,०००।– माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुस÷रिसवत वापतको रकम रु।४,५०,०००।– ९चार लाख पचास हजार रुपैयाँ० बिचौलिया अरविन्द प्रकाश साहकानुले लिइसकेको अवस्थामा निजहरू संजय प्रसाद र अरविन्द प्रकाश साहकानुलाई उक्त रकमसहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं। १३ अदालत रोड स्थित होटलबाट मिति २०८२।०६।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ” विज्ञप्तिमा भनिएको छ ।