प्याब्सन र एन- प्याब्सनले आन्तरिक मुल्यांकनमा निश्पक्षता अपाउन निर्देशन

काठमाडौं/१७ असार- निजी विद्यालयका छाता संगठन प्याब्सन र एन- प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी विद्यार्थीहरुकाे आन्तरिक मुल्यांकन गर्दा स्वतन्त्रता र निश्पक्षताकाे सिद्धान्त अपाउन विद्यालयहरुलाई निर्देशन दिएकाे छ । उनीहरुले विद्यार्थीहरुकाे सहि मुल्यांकन गरी प्रमाणित आधारहरु अभिलेख राख्न समेत निर्देशन दिएका छन्। विज्ञप्तिमा एसईईकाे नतिजाकाे विषयमा अनावश्यक प्रचार नगर्न विद्यालयलाई आग्रह गरिएकाे छ । विद्यालयहरुले गर्ने अान्तरिक मुल्यांकनका सम्बन्धमा विभिन्न टिकाटिप्पणी, शंका उपशंकाहरु व्यक्त गरिएकाले विद्यालयले अाफ्नाे बारेमा सृजित भ्रमहरु चिर्दै अाफ्नाे इमानदारीता प्रस्तुत गर्ने माैका प्राप्त भएकाे विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विद्यालकाे कम्तीमा तीन वर्षकाे एसईई परीक्षाफल अध्ययन गरी यस वर्षकाे मुल्यांकन गर्न र २०७६ सालमा विद्यालयहरुले लिएका अान्तरिक तथा सामुहिक परीक्षामा विद्यार्थीहरुकाे प्राप्तांकहरुकाे अध्ययन गरी मुल्यांकन गर्न विद्यालयलाई निर्देशन दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *