कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ /१४ बैशाख – राष्ट्रिय परीक्षा कोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा देशभर आजदेखि देशभर सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा एक हजार पाँच सय २५ परीक्षा केन्द्र कायम गरिएको छ ।


आजबाट सुरु भएको परीक्षा वैशाख २६ गते सकिनेछ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ ।


परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् ।


यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *