एमालेका अध्यक्ष ओलीले भने : हामी सरकारमा छौँ त किन पुस्तक पुग्दैन ?

काठमाडौं /१२ बैशाख – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारमा भएका कारण समयमै पाठ्यपुस्तक पुगेको दाबी गरेका छन् । उनले अहिले समयमै स्कुलमा किताब पुगेको बताउँदै आफूहरु सरकारमा भएका कारण किताब पुग्न सकेको बताएका हुन् ।


बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “अहिले समयमै स्कुलमा किताब पुग्यो । हामी सरकारमा छौँ त किन पुस्तक पुग्दैन ?”


ओलीले एमालेले सबै भाषा, जाति र आस्थाको सम्मान गर्दै सबैलाई समानता अवसर दिने बताए । उनको दाबी छ । साथै सबै भाषा जाति र आस्थाको विकास हुनुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *