शैक्षिक परामर्श व्यवसायी धरापमा,यस्ता छन् धराप हुनुका कारण


काठमाडौं/ १७ असार–कोरोना भाइरसका कारण लामो समयसम्म लकडाउन हुँदा कन्सल्टेन्सी व्यवसाय ठप्प भएको छ ।
लामो समयदेखि व्यवसाय बन्द हुँदा आर्थिक समस्या झेल्नु परेको व्यवसायीहरुको भनाई छ । कर्मचारीलाई तलब दिन र कोठा भाडा तिर्न समस्या भएपछि केही व्यवसायीहरुले अहिले धमाधम अफिसमा भएका सामानहरु सारेर खालि गरिरहेका छन् भने ठुला र व्यवस्थित भनिएका केही कन्सल्टेन्सीले कर्मचारीहरुलाई रोजगारबाट निष्कासन गरेका छन् ।त्यसैगरि, कति कन्सल्टेन्सीहरु एउटा कोठामा सम्पर्क कार्यलय मात्र राखेर व्यवस्थापकिय काम सञ्चालन गरिरहेका छन् ।

शैक्षिक परामर्श व्यवसायीहरुको यो क्षेत्रमा पाँच अर्ब भन्दा बढी रकमको लगानी छ । त्यस्तै, ४० हजार भन्दा बढीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी दिईरहेका छन्


नेपालमा हाल ४५ सयको हाराहारीमा कन्सल्टेन्सीहरु सञ्चालनमा छन् भने शिक्षा मन्त्रालयबाट स्वीकृत लिई एक हजार चार सय ७३ वटा कन्सल्टेन्सी सञ्चालनमा रहेका छन् । शैक्षिक परामर्श व्यवसायीहरुको यो क्षेत्रमा पाँच अर्ब भन्दा बढी रकमको लगानी छ । त्यस्तै, ४० हजार भन्दा बढीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी दिईरहेका छन् । यसरी व्यवसाय नै धरासयमा परेपछि केही व्यक्तिहरुको रोजगार गुमिसकेको छ भने कतिको गुम्ने अवस्था देखिएको छ । यसले शैक्षिक परामर्श व्यवसायीहरुलाई मात्र नभई राज्यलाई नै ठुलो नोक्सान गर्ने संकेत देखिन्छ ।


चैत ११ गतेदेखि नेपालमा सुरु भएको लकडाउनलाई जेठ २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले केही खुकुलो गर्ने निर्णय गरेसँगै असार १५ गतेबाट कन्सल्टेन्सीहरु अंशिकरुपमा खुल्न थालेका छन् । तर, विश्वभरी नै फैलिएको कोरोना भाइरसका कारण एकातिर हवाई उडान बन्द छ भने अर्कोतिर सरकारले विदेश पढ्न जाने विद्यार्थीका लागि दिने अध्ययन स्वीकृति पत्र यो अवस्थामा कसरी खुलाउने राम्रो मार्गनिर्देशन गर्न सकेको छैन । सरकारले असार २१ गतेसम्मका लागि उडान सेवा बन्द गरेको थियो तर यसलाई बढाएर श्रावण ७ सम्म पुर्याएको छ ।

शिक्षा मन्त्रालयले एनओसी लेटरलाई कसरी व्यवस्थित गरेर पुन सुचारु गर्ने टुँगो लगाउन सकेको छैन । यसले गर्दा व्यवसायी अझ थप मार्कामा परेका छन् । पछिल्लो समय भने लकडाउनको नियम पालना गरेर भाषा परीक्षा तथा आइ एल टि एस,टोफेल लगायतका परिक्षाका लागि निर्देशिका तयारि गर्न सिसिएमसिले शिक्षा मन्त्रालयलाई सुझाव दिएको छ । यसले शैक्षिक परामर्शमा झिनो आश भने जगाएको छ ।

पछिल्लो समय भने लकडाउनको नियम पालना गरेर भाषा परीक्षा तथा आइ एल टि एस,टोफेल लगायतका परिक्षाका लागि निर्देशिका तयारि गर्न सिसिएमसिले शिक्षा मन्त्रालयलाई सुझाव दिएको छ । यसले शैक्षिक परामर्शमा झिनो आश भने जगाएको छ ।


विदेश अध्यानमा गइसकेका र विदेश अध्यानमा त्यसरि विद्यार्थीे पठाउदा प्राइभेट कलेजबाट पाउनु पर्ने सेवा शुल्क कोभिड १९ को कारण देखाउदै प्राइभेट कलेजहरुले पठाउन आनाकानि गर्नुका कारण पनि व्यवसाय सञ्चालन गर्न कठिन भएको उनीहरुको भनाई छ ।


कोभिड १९ ले शैक्षिक परामर्श व्यवसायमा देखिएका समस्या निम्न छन् :


१. एनओसी जारीको जटिलता कायम :


एनओसी जारी गर्ने सम्बन्धमा स्पष्टता नहुँदा व्यवसाय पुनः सुचारु गर्न व्यवसायीहरुलाई समस्या भएको छ । फागुनदेखि एनओसी जारी बन्द गरेको सरकारले कहिले खुलाउने टुँगो गरेको छैन । त्यसपछि सरकारले यस सम्बन्धि कहिले निर्णय गर्छ भन्ने पर्खाइमा व्यवसायीहरु रहेका छन् । सरकारले विदेश अध्ययनमा जाने विद्यार्थीलाई सिफारिस दिई बैदेशिक अध्ययन खुला गर्ने वा अनलाइन बाटै भए पनि एनओसी जारी गर्ने भनिए पनि पनि कहिलेबाट गर्ने भन्ने विषयमा भने टुँगो लगाएको छैन ।

२. गन्तव्य देशका विद्यार्थी लामो समयसम्म बेरोजगार रहने सम्भावना:

यस्तो अवस्थामा विदेश अध्यानमा जाने विद्यार्थीहरुले रोजगार पाउने सम्भावना निकै न्यून रहेको देखिएका कारण विदेश जाने सोच भएका विद्यार्थीको सोचमा परिवर्तन आउनु ।


सरकारले वैदेशिक अध्ययन खुला गरेपनि कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुँदा सम्म गन्तव्य देशका विद्यार्थीहरु बेरोजगार रहने समस्या देखिएको छ । कोरोना भाइरसबाट बच्न प्रायः सबै देशमा लकडाउन जारी छ भने कलकारखाना, उद्योगधन्दा लगायतका रोजगारमुलक क्षेत्र सबै बन्द छन् । यस्तो अवस्थामा विदेश अध्यानमा जाने विद्यार्थीहरुले रोजगार पाउने सम्भावना निकै न्यून रहेको देखिएका कारण विदेश जाने सोच भएका विद्यार्थीको सोचमा परिवर्तन आउनु । कतिपय देशमा विदेश अध्यानमा गइसकेका विद्यार्थीहरुले यो समस्या भोगि रहेका पनि छन् ।


३. अभिभावकहरुको आर्थिक आम्दानी कम हुदै जानु र वचत सकिनु:


कोरोना भाइरस महामारीका कारण व्यवसायमा मात्र नभई अभिभावकहरुमा समेत आर्थिक समस्या देखिएको छ । जसका कारण अभिभावकको आर्थिक आम्दानी कम हुदै जानु र वचत गरेर राखेको पैसा सकिदै जानु पनि हो । विदेश गएर अध्ययन गर्नका लागि धेरै खर्च लाग्छ, जुन खर्च अहिलेको अवस्थामा अभिभावकहरुले धान्न सक्दैनन् भने अर्कोतिर विदेशमा रोजगारी, खाना, बस्न लगायतको समस्या हुने डरले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको संख्यामा कमी आउन सक्ने देखिएको छ । जसको प्रत्यक्ष असर कन्सल्टेन्सी व्यवसायीलाई पर्न जान्छ ।


४. कोठा भाडा तिर्न समस्या:

घर धनिले पनि घर भाडामा सहुलियत दिन गाह्रो मान्ने र कमाइरहेका छन यो व्यवसायमा हुने सँग पैसा हुन्छ भनेर वास्तविकता नबुझ्ने कारणले पनि यो व्यवसायमा समस्या देखिएको छ ।


फागुन यता व्यवसाय ठप्प हुँदा आर्थिक कारोबार शुन्यमा झरेको छ सरकारले चैत महिनाको कोठा भाडा घर धनिलाई नलिन भने पनि त्यो लागू हुन सकेको छैन । घर धनिले पनि घर भाडामा सहुलियत दिन गाह्रो मान्ने र कमाइरहेका छन यो व्यवसायमा हुने सँग पैसा हुन्छ भनेर वास्तविकता नबुझ्ने कारणले पनि यो व्यवसायमा समस्या देखिएको छ । लामो समयदेखि आर्थिक कारोबार नै नभएपछि व्यवसायीहरुलाई कोठाभाडा तिर्न निकै समस्या भएको छ ।


५. भाषा शिक्षा लगायत तयारी कक्षा नहुनु:


लकडाउनकै कारण भाषा कक्षा, भिसा प्रक्रिया लगायतका काम रोकिन्दा व्यवसायमा आर्थिक गतिविधि हुन सकेको छैन । साथै विद्यार्थीले भाषा शिक्षा लगायत विभिन्न तयारी गर्न समय अपुग हुनु र सबै एकै ठाउँ रहेर तयारी गर्न समस्या हुनु पनि शैक्षिक परामर्श व्यवसायको समस्याका रुपमा रहेको छ ।


६. आर्थिक अवस्था भए पनि विद्यार्थीलाई डकुमेन्ट बनाउन झन्झट:


विदेश अध्ययनमा जानका लागी विद्यार्थी आर्थिक रुपमा तयार भएपनि लकडाउनका कारण डकुमेन्ट बनाउन झन्झट भएको र डकुमेन्ट बनाउने अफिसहरु बन्द हुँदा र यातायात लगायतका साधन सञ्चालन नहुँदा विद्यार्थीलाई डकुमेन्ट बनाउन गाह्रो भएको छ । जसको असर शैक्षिक परामर्श व्यवसायमा परेको छ ।


७. विदेश अध्ययनमा गई सकेका विद्यार्थीको कलेजबाट सेवा शुल्क नपाउनु:

विद्यार्थीे पठाउदा प्राइभेट कलेजबाट पाउनु पर्ने सेवा शुल्क कोभिड १९ को कारण देखाउदै प्राइभेट कलेजहरुले पठाउन आनाकानि गर्नु । साथै ती कलेजका प्रतिनिधिले राम्रो भुमिका नखेलिदिदा शैक्षिक परामर्श संस्थाहरुले पाइसक्नु पर्ने सेवा शुल्क पाउन सकेका छैनन् ।


विदेश अध्यानमा गइसकेका र विदेश अध्यानमा त्यसरि विद्यार्थीे पठाउदा प्राइभेट कलेजबाट पाउनु पर्ने सेवा शुल्क कोभिड १९ को कारण देखाउदै प्राइभेट कलेजहरुले पठाउन आनाकानि गर्नु । साथै ती कलेजका प्रतिनिधिले राम्रो भुमिका नखेलिदिदा शैक्षिक परामर्श संस्थाहरुले पाइसक्नु पर्ने सेवा शुल्क पाउन सकेका छैनन् । जसका कारण आर्थिक समस्या झेल्नु परेको छ ।


८ .पैसा कमाउने व्यवसायका रुपमा हेरिनु:

राज्य लगायत सम्बन्धित निकयहरुले यो क्षेत्रलाई धेरै पैसा कमाउने व्यवसायका रुपमा हेर्दा राज्यबाट कुनै सहयोग नभएको उनिहरुको भनाइ छ ।


कन्सल्टेन्सी व्यवसायलाई पैसा कमाउने व्यवसायका रुपमा हेरिने हुँदा पनि आफूहरु समस्यामा परेको उनीहरुको भनाई छ । राज्य लगायत सम्बन्धित निकयहरुले यो क्षेत्रलाई धेरै पैसा कमाउने व्यवसायका रुपमा हेर्दा राज्यबाट कुनै सहयोग नभएको उनिहरुको भनाइ छ ।


यी विविध कारणले गर्दा कन्सल्टेन्सी व्यवसायलाई प्रभाव परेको देखिन्छ भने पुरानै अवस्थामा फर्कन केही समय लाग्ने देखिन्छ । सरकारले आफूलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गरी राहत घोषणा नगरेमा व्यवसाय धरासयमा पर्ने उनीहरुको चिन्ता छ ।


सरकारले कन्सल्टेन्सी व्यवसायीका बारेमा समयमै नसोचेमा ठूलो घाटा व्यहोर्नु पर्ने देखिन्छ । व्यवसायीहरुले आर्थिक समस्याकै कारण व्यवसाय बन्द गरेमा नेपालको शैक्षिक क्षेत्रमा ठूलो नोक्सान हुने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *